जेन्डर पे ग्यापः करिनालाई अनिलको जवाफ : एक चलचित्रमा मैले तिमीभन्दा पनि कम पैसा पाएको थिएँ
अनिल कपुर हालै करिना कपुरको च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा विशेष अतिथि बनेर पुगेका थिए । यस दौरान करिनाले अनिलसँग बलिउडमा अभिनेता र अभिनेत्रीबीचको पारश्रमिकको भिन्नताको बारेमा प्रश्न गरेकी थिइन् । उनले अनिलसँग हलिउडमा अभिनेताहरु अभिनेत्रीहरुले पनि समान पारिश्रमिक पाउन् भनेर समर्थन गर्ने गरेको सुनाउँदै के बलिउडका पुरुष कलाकारहरुले पनि त्यस्तै गर्न पर्छ कि पर्दैन भनेर पनि प्रश्न गरेकी थिइन् ।
करिनाको यस प्रश्नमा अनिलले जवाफ दिँदै भने, ‘तिमीले एउटा चलचित्रमा मभन्दा धेरै पारिश्रमिक लिएकी थियौ ।’ जवाफमा करिनाले भनिन्, ‘हामी त्यो ‘ब्यारियर’लाई तोडिरहेका छौँ । तर अझै पनि धेरै महिला कलाकारहरुले त्यस्तो पारिश्रमिक पाउँदैनन् ।’
अनिलले यसबारे थप प्रष्ट पार्दै फिल्म ‘वीरे दी वेडिङ’मा निर्माताहरुले उनलाई बोलाएर करिनासँग भइरहेको छलफलको बारेमा बताएको खुलासा गरे थिए । त्यतिबेला निर्माताहरुले उनलाई करिनाले चलचित्रको हिरोभन्दा बढी रकम माग गरिरहेको सुनाएका थिए । त्यतिबेला आफूले करिनालाई उनले मागे जति रकम दिन भनेको स्पष्ट पारे । अनिल पनि यस फिल्मको निर्माताहरु मध्ये एक थिए ।
अनिलले एक चलचित्रमा आफूलाई चलचित्रको हिरोइनभन्दा कम पैसा मिलेको बताउँदै आफूले उक्त चलचित्रमा खुसी–खुसी काम गरेको पनि बताए ।
अनिल र करिनाले चलचित्र बेवफा र टशनमा सँगै काम गरिसकेका छन् । अब उनीहरु करण जोहरको नयाँ चलचित्र ‘तख्त’ मा देखिदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण