विघटित संसद बौरिँदैन, नयाँ चुनाव भएरै छाड्छः प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा ओली पक्षका अध्यक्ष केपी शर्माओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए ।
उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए । उनले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दावी गरे ।
ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण