प्रचण्डलाई बादलको सुझावः प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान तयार हुनुस्
सोमबार, २० पुस २०७७, १७ : ४७
काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले पुरानो संसद ब्युताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरेका छन् । ओली समूहको चितवन जिल्ला कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान आग्रह गरे ।
गृहमन्त्री समेत रहेका थापाले प्रचण्ड र माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागेको आरोप लगाए । नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव समूह भागिरहेको आरोप समेत लगाए । उनले प्रचण्ड–माधव समूहको विचार सही नभएको बताउँदै पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनमा गएर कार्यकर्ता मन जित्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण