मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डलाई बादलको सुझावः प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान तयार हुनुस्

सोमबार, २० पुस २०७७, १७ : ४७
सोमबार, २० पुस २०७७

काठमाडौं । नेकपा ओली समूहका नेता रामबहादुर थापा बादलले पुरानो संसद ब्युताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरेका छन् । ओली समूहको चितवन जिल्ला कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान आग्रह गरे ।

गृहमन्त्री समेत रहेका थापाले प्रचण्ड र माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन लागेको आरोप लगाए । नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव समूह भागिरहेको आरोप समेत लगाए । उनले प्रचण्ड–माधव समूहको विचार सही नभएको बताउँदै पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनमा गएर कार्यकर्ता मन जित्न आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप