असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिँदैन: बेलायती न्यायाधीश
एजेन्सी । अमेरिकाविरुद्ध जासूसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्ज आत्महत्याको जोखिममा रहेको पाइएको भन्दै अमेरिकालाई हस्तान्तरण नगर्ने निर्णय एक बेलायती न्यायाधीशले सोमबार गरेका छन् ।
गोप्य कागजातलाई अनलाइनमा छापेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लण्डनलाई दवाव दिँदै आएको छ । “अष्ट्रेलियाली अनलाइन प्रकाशक असान्जले मानसिक जोखिम लिनसक्ने दवाव देखिएकोले मैले उहाँको रिहाइ गर्न आदेश दिन्छु,” जिल्ला न्यायाधीश भेनेसा बाराएत्सेरले भने ।
उनले भने, “उहाँलाई यदि संयुक्त राज्य अमेरिकामा हिरासतमा लिइएको खण्डमा असान्जले स्वतन्त्र रूपमा मानिसहरूलाई भेट्न पाउने सम्भावना कम रहने साथै सामाजिक अन्तरक्रियाका लागि कम अवसर मिल्नेछ । यसले उहाँको बाह्य विश्वसँगको सम्पर्कलाई न्यून पारिदिनेछ र गम्भीर प्रतिबन्धको सामना गर्नु पर्नेछ ।”
चिकित्सकले मानसिक रोगी भएको पहिचान गरेका र आत्महत्याका लागि पटकपटक प्रयास गरेका व्यक्तिले शारिरिक जोखिम मोल्ने सम्भावना रहेको आदेशमा उल्लेख छ । असान्जलाई धरौटीमा रिहा गर्नुपहिले हिरासतमा राख्न भनिएको छ ।
यद्यपि अमेरिका र बेलायती अभियोजनकर्ताहरूले बाराएत्सेरको फैसलालाई अपील गर्न सक्नेछन् । असान्ज र उनको कानुनी टोलीले लामो समयदेखि प्रेस स्वतन्त्रताको प्रमुख कारण बनेको लामो मुद्दा राजनीतिक रूपले प्रेरित भएको दावी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण