कंगनाको टिप्पणी, ‘सेक्सका आधारमा प्राइज ट्याग नलगाउनुस्’
बलिउड अभिनेत्री कंगना रनावत कुनै न कुनै विषयमा टिप्पणी गरेर चर्चामा आइरहन्छिन् । अहिले उनी अभिनेता कमल हसनको विरोधमा छिन् । घरको कामलाई पनि व्यवसाहिक दर्जा दिनुपर्ने र गृहिणी तथा घरको काम गर्ने पुरुषहरुको तलब तय गरिनुुपर्ने धारणा कमल हसन र कांग्रेस नेता शशी थरुरले राखेका थिए ।
यसबारे कंगनाको टिप्पणी छ, ‘सेक्सका आधारमा प्राइज ट्याग (मूल्य निर्धारण) नलगाउनुस् । हामीले प्रेमका साथ यो काम गर्दैछौं । आफ्नो सानो राज्य र आफ्नो घरको हामी महारानी हौं, हरेक कुरालाई व्यापारका रुपमा नहेर्नुस् । तपाईकी महिला समक्ष आत्मसमर्पण गर्नुस्, उनी तपाईंलाई चाहन्छिन् । प्रेम, सम्मान वा तलबमात्रै होइन ।’
यसअघि कमल हसनको धारणालाई समर्थन गर्दै शशी थरुरले लेखेका थिए, ‘म कमल हसनको योजनालाई समर्थन गर्छु कि घरायसी कामलाई पनि तलबी जागिर जसरी महत्व दिनुपर्छ । राज्यका तर्फबाट होममेकर्सलाई मासिक तलब दिइनुपर्छ । यसबाट समाजमा महिला गृहिणीहरुलाई सम्मान र पहिचान मिल्नेछ । उनीहरुको ताकत र स्वतन्त्रता बढ्नेछ र हामी युनिभर्सल आधारभूत आयको नियम नजिक पुुग्न सक्नेछौं ।’
कंगनाको टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एक ट्वीटर प्रयोगकर्ताले सोधेका छन् ,‘काम गर्ने पूरुषहरुलाई यसबाट ज्यादा महत्व मिल्नेछ र उसै पनि गृहणीहरु आर्थिक रुपमा आफ्ना पतिमा निर्भर छन् ।’
यसबारे कंगनाको जवाफ छ, ‘त्यसो भए यसबाट पनि खराबै हुन्छ कि घरको मालिकलाई घरको जागिर बनाइन्छ । आमाहरुका तर्फबाट जिन्दगीबाट हुने त्यागमाथि प्राइस ट्याग लगाउन सकिदैंन । यो त तपाईले भगवान्लाई उनको सिर्जनाका लागि पैसा तिर्न चाहेजस्तो भयो । यो केही हदसम्म चोट पुु¥याउने र केही हदसम्म मजाकको योजना हो ।’
कमल हसनले पछिल्लो वर्ष डिसेम्बरमा भनेका थिए कि उनको पार्टी मक्कल निधी मैयामको सरकार आयो भने होममेकर्स (गृहिणी) लाई पनि घरको कामका लागि निश्चित आय दिइनेछ ।
तमिलनाडुमा यसै वर्ष विधानसभाको चुनाव हुँदैछ । डिएमके, एआईएडीएमकेसँगै कमल हसनको पार्टी पनि चुनावी प्रतिस्पर्धा मा छ । हसनको इन्ट्रीले प्रतिस्पर्धालाई केही हदसम्म त्रिकोणिय बनाउनसक्ने आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण