बिहान खाली पेटमा खानै नहुने ६ खानेकुरा
एजेन्सी – बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।
काँचो सागसब्जी
डाइटमा सलाद खानु राम्रो मानिन्छ तर यो ध्यान दिन आवश्यक छ कि काँचो खाने सागसब्जीमा भरपुर फाइबर हुन आवश्यक छ । जुन सजिल्यै पच्छ । बिहान खाली पेटमा काँचो सागसब्जीले ग्यास, ब्लोटिङ र पेट दुख्ने समस्या पैदा गर्छ ।
अमिलो फलफूल
अमिलो फलफूल सुन्तला र टमाटरमा भिटामिन सीको मात्रा प्रचुर हुन्छ । यसले तपाईंको छाला र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तर खाली पेटमा बिहान खाँदा एसिड पैदा गर्छ र पेटमा जलन र ग्याष्ट्रिक पनि निम्त्याउँछ ।
कफी
सामान्यतयाः मानिसहरु बिहान खाली पेटमा कफी पिएर सुरुवात गर्छन् । तर खाली पेटमा कफी पिउँदा पेटमा अम्लिय रस उत्पादन हुने र पेटमा ग्याष्ट्राइटिस हुने खतरा बढ्छ ।
बास्नादार पेयपदार्थ
एक गिलास जुस पिएर दिनको सुरुवात गर्ने चलन रहेको छ । तर प्याकिङ गरिएको जुसमा भारी मात्रामा चिनी हुन्छ । पेटमा सानो आन्द्राको माथिल्लो भागमा रहेको ग्रन्थीलाई प्यानक्रियाज ग्रन्थी भनिन्छ ।
केरा
बिहान खाली पेटमा केरा खाँदा ध्यान दिन आवश्यक छ । केरामा म्याग्नेशियम र पोटाशियमको मात्रा उच्च हुन्छ । जसले खाली पेटमा सेवन गर्दा मिनरललाई असन्तुलित बनाउँछ ।
दही
दहीले खाना पचाउन मद्दत गर्छ । तर यसमा पाइने ल्याक्टिक एसिड नामक ब्याक्टेरियाले बिहान खाली पेटमा उच्च अम्लीय सामाग्री पैदा गर्छ । त्यसैले दही बिहान खाली पेटमा भन्दा दिउँसो खाँदा राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण