मानसिक समस्यामा फसेका श्रीमानलाई किमले छाड्दै
चर्चित मोडल किम कार्दसियन र गायक केन वेस्टले डिभोर्स गर्ने भएका छन् । यस वर्ष यो जोडीको वैवाहिक जीवन निके अशान्त थियो । पेस सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक भित्री स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुु-याउने भनेर छलफलमा छ ।’
यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रिस हम्फरिजसँग डिभोर्स गर्दा पनि अधिवक्ता लउराले नै कानूनी प्रक्रिया हेरेका थिए । उनले ठूला सेलिब्रेटीहरुको डिभोर्सको मामिला टुुंग्याएर चर्चा कमाएका छन् । ब्राड पिट र एन्जेलिना जोलीको हाइप्रोफाइनल डिभोर्स पनि उनले नै हेरेका थिए । अहिले केल्ली क्लार्कसनले आफ्ना श्रीमान् ब्रान्डन ब्ल्याकस्टकको डिभोर्स प्रक्रियालाई टुंगोमा पुु¥याउनका लागिउनको सहयोगी लिएकी छिन् । र, किमले पनि उनैलाई गुहारेकी छिन् ।
२०२० पछि वैवाहिक जीवनमा समस्यामा
जब केन मानसिक समस्यासँग जुध्न थाले तब किमसँगको उनको वैवाहिक सम्बन्धमा खटपट देखियो । किमलाई लागेको थियो कि यस्तो कठिन समयमा डिभोर्स गर्नु क्रुर हुनेछ, उनीहरुले आफ्नो वैवाहिक सम्बन्धका कठिनाईबारे परामर्श लिन थालेका थिए । किमले वैवाहिक सम्बन्ध बचाउन प्रयास पनि गरेको समाचारमा उल्लेख छ । केही समय उनीहरुबीचको समस्यालाई थाँती राखियो, यद्यपी क्रिसमसपछि सम्बन्ध–विच्छेदका लागि किमले अधिवक्ता हायर गरेकी छिन् । किम र केनबीच मेइ २०१४ मा भव्य विवाह भएको थियो ।
उनीहरु लामो समयदेखिका साथी थिए । क्रिस हम्फरिजसँग ७२ दिनमै किमको डिभोर्स हुँदा पनि केनले आफ्नो भविष्यकी पत्नीका पक्षमा बचाउ गर्दै बयान दिएका थिए । विश्वव्यापी चर्चामा आउनुअघि किमले सन् २००० देखि २००४ सम्म डामोन थोमससँग पनि बिहे गरेकी छिन् । यसरी किमको यो तेस्रो विवाह हो भने केनको पहिलो । यो जोडीका दुुई छोरी र दुई छोरा छन् । रियालिटी स्टार किमले पछिल्लो समय १३ लाख डलर पर्ने इन्गेजमेन्ट रिङ पनि लगाएको देखिएको छैन । यो रिङ केनले नै उपचार दिएका थिए । अहिले आफ्ना छोराछोरीसँग किम लस एन्जलसमा बस्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण