बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डाक्टरले आर माधवनलाई ट्वीटरमा भनिन् ‘जँड्याहा’, अभिनेताले दिए यस्तो जवाफ

बुधबार, २२ पुस २०७७, १६ : २०
बुधबार, २२ पुस २०७७

अभिनेता आर माधवन दक्षिण भारत र बलिउड दुबै इन्डष्ट्रिमा लोकप्रिय छन् । सोसल मिडियमा पनि उनी निकै सक्रिय छन् । हालै एक महिला डाक्टरले उनलाई यस्ता आक्षेप लगाएकी छिन् जुन सोसल मिडियामा चर्चाको विषय बनेको छ । डा. अनुषा भंडाकर नामकी ट्वीटर प्रयोगकर्ताले आर माधवनलाई ड्रगिस्ट बताएकी छिन् र यसै बानीले उनले आफ्नो करियर समाप्त गरेको आरोप लगाएकी छिन् । यसमाथि आर माधवनले जवाफ पनि दिएका छन् । 

आर माधवनलाई भनिन्, ‘जँड्याहा’

डा. अनुषा भंडाकरले आर माधवनलाई ट्याग गर्दै ट्वीटरमा लेखेकी छिन्, ‘म्याडी कुनैबेला मेरो मुटुको धड्कन थिए, मलाई असाध्यै मनपर्ने । अब माधवनलाई रक्सी र ड्रग्सको पछाडि आफ्नो शानदार करियर, स्वास्थ्य र पैसा बर्बाद गरिरहेको देख्छु तब असाध्यै निराश हुन्छु । उनले जब रहना है तेरे दिल मेमार्फत् बलिउडमा आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए तब उनी फक्रन लागेका फूल जस्ता थिए, अब उनलाई हेर्दा यस्तो लाग्छ कि उनको अनुहार र उनको आँखा... सबैकुरा भनिदिन्छ ।’

माधवनले दिए यस्तो जवाफः

यी महिलाको कमेन्टमा जवाफ दिँदै आर माधवन लेख्छन्, ‘ओह... त्यसो भए यो तपाईंले पत्ता लगाउनुभयो ? अब त म तपाईंका बिरामीका लागि चिन्तित छु । मलाई लाग्छ कि सायद तपाईं आफैंले डाक्टरको सल्लाह लिन आवश्यक छ ।’

यसमा थुप्रै प्रयोगकर्ताले पनि समर्थन गरेका छन् । कतिले अनुषालाई उनको कुराका लागि कटाक्ष पनि गरेका छन् । 

माधवनको नाममा थुप्रै हिट फिल्मः

मूल रुपमा चेन्नईमा बस्ने आर माधवनले सन् २००१ मा रिलिज भएको फिल्म ‘रहना है तेरे दिल मे’ बाट पहिचान बनाएका थिए । रंग दे बसन्ती, थ्री इडियट्स र तनु वेड्स मनुमा उनको अभिनयको निकै तारिफ भएको छ । दक्षिण भारतमा पनि उनले काम गरेका छन् । उनले थुप्रै पुरस्कार पनि जितेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप