जब करीनाले बिपाशालाई थप्पड हानिन्...
एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म 'अजनबी'बाट बलिउडमा पाइला टेकेकी थिइन् ।
यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि फर्केर हेर्नुपरेन । उनको दमदार अभिनयका कारण नै उनले एकपछि अर्को सुपरहिट फिल्ममा काम गर्ने मौका पाइन् ।
बिपाशाले भुतका फिल्महरु 'राज' मा गरेको अभिनयले दर्शकको धेरै माया पाइन् । यसपछि उनले 'धुम', 'हेराफेरि-२' जस्ता फिल्ममा पनि दमदार अभिनय गरिन् ।
फिल्म खेल्ने क्रममा उनी थुप्रै घटनाहरुसँग जोडिएर चर्चामा आइन् । जसमध्ये अभिनेत्री करीना कपूरसँगको एउटा घटनाले पनि उनी निकै चर्चामा आइन् । सन् २००१ मा फिल्म 'अजनबी' मा बिपाशा र करीनाले एकसाथ काम गरेका थिए । फिल्म सेटमा उनीहरुबीच विवाद भयो । विवादकै क्रममा करीनाले बिपाशालाई थप्पड लगाइन् । जसको चर्चा आजसम्म पनि हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण