बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१९ वर्ष अघि निभाएकी थिइन् करिनाको ‘पू’ को रोल, अब चिन्न मुश्किल

बिहीबार, २३ पुस २०७७, ०८ : ४७
बिहीबार, २३ पुस २०७७

१९ वर्षअघि रिलिज भएको फिल्म कभी खुसी कमी गमले थुप्रै फिल्मको करियर बनाइदियो । करण जोहरद्वारा निर्देशित यो फिल्म आज पनि थुप्रैको प्रिय छ । 

फिल्ममा करिनाले अत्यधिक नखरा गर्ने युवतीको भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘पू’ को रोल प्ले गरेकी थिइन् । उक्त फिल्ममा करिनाको वाल्यकालको पात्र पनि देखाइएको थियो । 

उक्त फिल्ममा मालजिका राजले वाल्यकलाकारको रुपमा काम गरेकी थिइन् । उनले फिल्ममा करिनाको वाल्यकालको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको निकै सानो भूमिका थियो । 

तर अब १९ वर्षपछि उनी चिन्नै नसकिने भएकी छिन् । लाइमलाइटबाट टाढै बस्ने मालविका अब आफ्नो जादु बिछ्याउन तयार भएको देखिन्छिन् । 

उनी निकै चाँडै फिल्म स्कडमा देखिने भएकी छिन् । फिल्मका लागि मालविकाले आफ्नो तयारी सुरु गरिसकेकी छिन् । सोसल मिडियामा उनले आफ्नो फर्स्ट लुक सेयर गरेकी थिइन् । 

अब १९ वर्षपछि उनको जादु फिल्ममा चल्छ कि चल्दैन, त्यो भने हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप