शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संसद पुनःस्थापनाले समस्या समाधान हुँदैनः राजेन्द्र महतो

बिहीबार, २३ पुस २०७७, १६ : ३१
बिहीबार, २३ पुस २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । 

‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’ देशमा संसद पुनःस्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे । अहिलेको संविधान सबै जनताको नभएकाले समस्याआएको महतोको तर्क थियो । उनले भने,‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ । त्यसपछि जोसुकै प्रधानमन्त्री भएपनि फरक पर्दैन ।’

देशमा मध्यावधी चुनाव हुन्छ भन्ने प्रश्नमा महतोले भने,‘चुनाव प्रतिगमनकारी को धन्दा हो ।’ अहिले प्रतिगमनको धन्दा नै चलेको उनले बताए । चुनाव भए फेरि प्रतिगमन हुने ठोकुवा उनले गरे । पटक पटक प्रतिगमनहरु भएको उल्लेख गर्दै सातपटक संविधान बन्दा पनि समस्या समाधान नभएको उनको भनाई थियो । उनले भने,‘सातपटक संविधान बन्दा पनि किन समस्या आयो ?’ देशमा अहिलेको संविधानले प्रतिगमन गरिराख्ने ठोकुवा गरे । अहिले किस्ताबन्दीमा संसद पुनःस्थापनाको कुरा गरेर अल्मल्याउने गतिविधि भइरहेको समेत उनले बताए । 

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो । ओलीको कदमबाट आश्चर्य मान्नु नपर्ने उनले बताए । उनले भने,‘प्रतिगमनकारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ ।’ यो संविधानअनुसार पटक पटक प्रतिगमन भइरहने निश्चित भएको उनले ठोकुवा गरे । 

संविधानलाई विश्वकै उत्कृष्ट भनिएकोमा किन समस्या आयो भनी महतोले प्रश्न गरे । देशका सबै महत्वपूर्ण एजेन्डालाई फाष्ट ट्रयाकमा राखेर बनाइएको उल्लेख गर्दै महतोले सबै जनताले संविधानलाई आफ्नो ठान्न नसकेको बताए । महतोले प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोर माथि चकार गरेको आरोप लगाए । सरकारले चुनावग र्न सक्छ ? भन्ने प्रश्नमा उनले चुनावले समस्याको समाधान गर्न नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप