बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०२१ मा यी फिल्म रिलिजको प्रतिक्षामाः खान, कपुरदेखि रिया चक्रवर्तीसम्म लाइनमा

शुक्रबार, २४ पुस २०७७, ०८ : ०७
शुक्रबार, २४ पुस २०७७

सिनेमा हलमा गएर फिल्म हेर्न रुचाउने सिने प्रेमीहरुका लागि सन् २०२० निकै उदेकलाग्दो रह्यो । धेरैजसो आशा गरिएका फिल्म रिलिज त भए तर ओटीटी प्लेटफर्ममा । 

मनोरञ्जन क्षेत्रका लागि सन् २०२१ निकै आशा गरिएको वर्ष हो । आशा यसकारण पनि अत्यधिक छ किनभने सन् २०२० मा रिलिज हुन नसकेका फिल्म पनि यसवर्ष रिलिज हुँदैछन् । 

सन् २०२१ मा थुप्रै ठूला कलाकारको फिल्म रिलिज हुँदैछ । जसमा खानदेखि कपुरसम्म समावेश छन् । 

सलमान खानका तीन फिल्मः

हरेक वर्ष सलमान खानका एक वा दुई फिल्म रिलिज हुँदै आएको छ । सन् २०२१ मा भने सलमान तीन फिल्मसहित आउँदैछन् । सलमान खान आफ्नो फिल्म राधेलाई सन् २०२० मा ईदमा रिलिज गर्न चाहन्थे तर यस्तो हुन सकेन । त्यसैले अब यो फिल्म सन् २०२१ को ईदमा रिलिज गरिने योजना छ । राधेबाहेक अन्तिम र कभी ईद, कभी दिवाली पनि यसै वर्ष रिलिज हुनेछन् । 

सलमान खानको फिल्म वान्टेडमा उनको पात्रको नाम राधे थियो जसको निर्देशन प्रभु देवाले गरेका थिए र अब राधेको निर्देशन पनि प्रभु देवाले नै गरेका छन् । 

सलमान खानसँग यो फिल्म रणदीप हुड्डा र दिशा पटानी पनि देखिनेछन् । 

फिल्म अन्तिममा सलमान खानसँग उनका ज्वाईं आयुष शर्मा पनि देखिनेछन् । यो फिल्मको निर्देशन महेश मांजरेकरले गरेका छन् । सलमान खानको तेस्रो फिल्म कभी ईद, कभी दिवालीको निर्देशन साजिद सामजीले गरिरहेका छन् । 

रणवीर सिंह सर्कसदेखि मैदानसम्मः

अभिनेता रणवीर सिंह पनि ती अभिनेतामध्ये एक हुन् जसको यस वर्ष तीनवटा फिल्म रिलिज हुँदैछन् ।

पहिलो फिल्म ८३ । यो फिल्म सन् १९८३ मा क्रिकेट वर्ल्ड कपमा भारतको जीतमा आधारित छ  

रणवीर सिंहले तत्कालीन कप्तान कपिल देवको भूमिका निभाइरहेका छन् । रणवीर सिंहबाहेक यसमा दीपिका पादुकोण, पंकज त्रिपाठी, ताहिर राज भसिन मुख्य भूमिकामा छन् । यसको निर्देशन कबिर खानले गरिरहेका छन् ।

अभिनेता रणवीर सिंहका अन्य दुई फिल्म पनि यस वर्ष रिलिज हुँदैछ – जयेशभाइ जोरदार र सर्कस । 

फिल्म सर्कसको निर्देशन रोहित शेट्टीले गरेका छन् । फिल्म जयेशभाइ जोरदारको निर्माण यशराज फिल्म्समार्फत् भइरहेको छ । 

यो फिल्म सन् २०२० मा नै रिलिज हुनुपर्ने थियो तर यसो हुन सकेन । 

६ फिल्मसहित तयार छन् अक्षय कुमारः

सन् २०२० मा अक्षय कुमारको जादु चल्न सकेन र उनको फिल्म लक्ष्मीको निकै आलोचना भयो । 

सन् २०२१ मा अक्षय कुमारका ६ वटा फिल्म रिलिज हुँदैछ । उनको पहिलो फिल्म हुनेछ ‘सूर्यवंशी’ जुन सन् २०२० मा रिलिज हुनुपर्ने थियो । त्यसपछि रक्षाबन्धन, बेटबटम, पृथ्वीराज, अतरंगी रे र बच्चन पांडेय रिलिज हुनेछन् । 

अतरंगी रे र रक्षाबन्धनको निर्देशन आनन्द एल रायले गरिरहेका छन् । 

आमिर खानमाथि नजरः

अभिनेता आमिर खान दुई वर्षमा एउटा फिल्म गर्छन् र यस वर्ष पनि उनको एउटै मात्रै फिल्म रिलिज हुनेछ । आमिर खान यस वर्ष लाल सिंह चड्डाको भूमिकामा देखिनेछन् । उनीसँग करिना कपुर, विजय सेठी र मोना सिंहको मुख्य भूमिका हुनेछ । यो फिल्मको निर्देशन अद्वैत चन्दनले गरिरहेका छन् जसले यसअघि सिक्रेट सुपरस्टार बनाएका थिए । 

बन्टी और बबली–२

अभिनेता सैफ अली खानको पनि यस वर्ष दुई ठूला फिल्म रिलिज हुनेछ । पहिलो बन्टी और बबली टु र भूत पुलिस । फिल्म बन्टी और बबली–टु सन् २००५ मा रिलिज भएको सुपरहिट फिल्म बन्टी और बबलीको सिक्वल हो । सैफ अली खानबाहेक रानी मुखर्जी, सिद्धार्थ चतुर्वेदी र नयाँ अनुहार कमर शरवारी पनि देखिनेछन् । वरुण वी शर्माले फिल्मको निर्देशनमा डेब्यू गरेका छन् ।

अजय देवगनका तीन ठूला फिल्मः

यस्तै अजय देवगन पनि तीन ठूला फिल्मसहित यो वर्ष पर्दामा देखिनेछन् । पहिलो फिल्म भुज–द प्राइड अफ इन्डिया ।

यो फिल्म ओटीटीमा रिलिज हुनेछ । अजय देवगनको दोस्रो फिल्म मैदान हलमा रिलिज हुनेछ । यो फिल्मको निर्देशन अनिल शर्माले गरेका हुन् । यो फिल्म इन्डियन नेशनल फुटबल टीमका कोच र म्यानेजर सईद अब्दुल रहिमको बायोपिक हो । तेस्रो फिल्म आर आर आर, यसको निर्देशन एसएस राजामौलीले गरेका हुन् र यो फिल्ममा अजय देवगन भारतीय स्वतन्त्रता सेनानीको भूमिकामा देखिनेछन् । 


पहिलो पटक पर्दामा देखिनेछ आलिया र रणबीरको जोडीः

रणबीरको यसवर्ष तीनवटा फिल्म रिलिज हुँदैछ । पहिलो फिल्म ब्रह्मास्त्र हो । त्यसपछि यशराज ब्यानरको शमशेरा । 

त्यसपछि रिलिज हुनेछ लभ रञ्जनको निर्देशनमा बनिरहेको फिल्म । यसमा रणबीर कपुर र अभिनेत्री श्रद्धा कपुर देखिनेछन् । यो एउटा रोमान्टिक कमेडी फिल्म हुनेछ । फिल्मको नाम अहिले नै सार्वजनिक भइसकेको छैन । 

फिल्म ब्रह्मास्त्र धर्मा प्रोडक्सनको फिल्म हो र यसको निर्देशन अयान मुखर्जीले गरेका छन् । यो रणबीर र आलिया भट्ट सँगै देखिएको पहिलो फिल्म हो । 

एसएस राजामौलीसँग देखिनेछिन् आलिया भट्टः

आलियाको पनि यसवर्ष तीन ठूला फिल्म रिलिज हुँदैछ । जसमध्ये एक् ब्रह्मास्त्र, दोस्रो संजय लीला भंसालीको गंगूबाई काठियावाडी र तेस्रो आर आर आर । आर आर आर फिल्मको निर्देशन एसएस राजामौलीले गरेका छन् । 

केजीएफ च्याप्टर टु र तुफान पनि रिलिज हुँदैः

केजीएफ च्याप्टर टु, बाहुबली टु पछि सबैभन्दा अत्यधिक प्रतिक्षा गरिएको प्यान इन्डिया फिल्ममध्ये एक हो । फिल्मको च्याप्टर १ अत्यधिक हिट भएको थियो त्यसैले पनि यसबाट अत्यधिक आशा गरिएको छ । 

च्याप्टर टुमा संजय दत्तको महत्वपूर्ण भूमिका छ । यस्तै अभिनेता तथा निर्देशक फरहान अख्तरको फिल्म तुफान पनि यसै वर्ष रिलिज हुनेछ । 

यो फिल्ममा फरहान एक बक्सरको भूमिका निभाउनेछन् । फिल्मको निर्देशन राकेश ओम प्रकाशले गरेका हुन् । 

कट्रिना, दीपिका, तापसी र कंगनाका फिल्म रिलिज हुनेछन्ः

अभिनेत्री कट्रिना कैफ आफ्नो नयाँ फिल्म फोन भूतमा देखिनेछिन्  र अभिनेत्री दीपिका पादुकोण शकुन बत्राको फिल्ममा देखिनेछिन् । यो फिल्मको पनि नाम सार्वजनिक भएको छैन । 

यी दुई अभिनेत्रीको फिल्म सन् २०२१ मा रिलिज हुनेछ र दुबै फिल्मका हिरो हुनेछन् सिद्धान्त चतुर्वेदी । कट्रिना, दीपिकापछि कंगना रनौत पनि आफ्नो फिल्म तेजसमा देखिनेछिन् । यो फिल्ममा कंगनाले लडाकू विमान उडाइरहेको देखिनेछिन् । अभिनेत्री तापसी पन्नूको फिल्म रश्मी रकेट पनि यसैवर्ष रिलिज हुनेछ । 

अमिताभ बच्चनसँग देखिनेछिन् रिया चक्रतर्वीः

अभिनेता विक्की कौशलको बहुचर्चित फिल्म सरदार उधम पनि यसै वर्ष रिलिज हुनेछ । यसको निर्देशन निर्देशक सुजित सरकारले गरेका हुन् । यस वर्ष अभिनेता अमिताभ बच्चनको फिल्म चेहरे पनि रिलिज हुँदैछ । 

यो फिल्म सन् २०२० मा रिलिज हुनुपर्ने थियो तर कोरोना र अभिनेत्री रिया चक्रवर्तीको विवादका कारण रिलिज हुन सकेन तर अब सन् २०२१ मा रिलिज गरिने निर्णय लिइएको छ । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप