ट्रम्पविरुद्ध खनिए मार्क जुकेरवर्ग, फेसबुकमा अनिश्चितकालिन प्रतिबन्ध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारीक फेसबुक र इन्स्टाग्राम एकाउन्ट अनिश्चित समयका लागि निलम्बनमा परेको छ । फेसबुक सिईओ मार्क जुुकेरवर्गका अनुसार कम्तिमा २० जनवरीमा जो बाइडेनले नयाँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुुअघिसम्म यो निलम्बन कायम हुनेछ ।
जुुकेरवर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो बुुझाईमा राष्ट्रपतिलाई हाम्रो सेवा प्रयोग गर्ने अनुमति निरन्तर दिनुको जोखिम ठूलो छ । त्यसैले फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्धलाई हामी अनिश्चितकालका लागि लम्ब्याउँदैछौं र कम्तिमा आगामी दुुई साता, शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण पूरा नभएसम्म यो जारी रहनेछ ।’
जुकेरवर्गले बुधबार वासिङटन डिसीमा भएको ‘स्तब्धकारी घटना’ को निन्दा पनि गरेका छन् । ‘ट्रम्पले पदमा छँदाको बाँकी समयलाई शान्तिपूर्ण र वैध सत्ता हस्तान्तरणको अवमूल्यन गर्ने मनसायले उपभोग गर्ने त्यस प्रदर्शनबाटै स्पष्टै देखिएको छ’ जुुकेरवर्गले भने । प्रजातन्त्रिक तवरले चुनिएको सरकारविरुद्ध हुलहुज्जत निम्त्याउनका लागि ट्रम्पले सामाजिक सञ्जाल प्रयोग गरिरहेको आरोप पनि जुकेरवर्गले लगाए । यसअघि संसद् भवन आक्रमणपछि ट्वीटरले पनि १२ घण्टाका लागि ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो ।
बुधबार ट्रम्पको आग्रहमा उनका समर्थकहरुले संसद् भवनलाई घेरा हालेका थिए । त्यसयता प्रदर्शनकारीहरु संसद् भवनभित्रै छिरे । गत नोभेम्बरमा भएको निर्वाचनको मतपरिणाम मत सदर गर्दै जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अनुुमोदन गर्नका लागि बसेको संसद् बैठकमा उनीहरुले अवरोध सिर्जना गरे । मुठभेडमा एक प्रहरी अधिकारी र चारजना प्रदर्शनकारीको मृत्यु, ६० जनाभन्दा धेरै घाइते र हुलहुज्जतको अभियोगमा ८० जनाभन्दा धेरै पक्राउ परेका छन् । प्रदर्शन साम्य भएपछि फेरि बसेको संसद् बैठकले जो बाइडेनलाई नयाँ राष्ट्रपतिमा सदर गरिसकेको छ । त्यसैले २० जनवरीमा जो बाइडेनले पदको सपथ लिनेछन् । संसद् भवनमाथि भएको हमलाको देश–विदेशबाट ठूलो आलोचना भएपछि ट्रम्पले नियमअनुसार सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण