जब ऋतिकले जिते आमिर र शाहरुखसँगको बाजी

एजेन्सी । कुरा सन् १९९९ डिसेम्बरको हो । राकेश रोशनको फिल्म ‘कहो ना प्यार है’ को निर्माण सकिएको थियो । उनी यस फिल्ममार्फत आफ्नो छोरा ऋतिक रोशनलाई बलिउडमा लन्च गर्दै थिए । अभिनेत्री अमिषा पटेलको पनि यो पहिलो फिल्म थियो ।
फिल्मको रिलिज डेटको योजना बनिरहेको थियो । राकेश रोशनले १४ जनवरी २००० मा यो फिल्म रिलिज गर्न चाहेका थिए, तर उनका नजिकका साथीभाई र शुभचिन्तकहरुले यस निर्णयको विपक्षमा थिए । उनीहरुले यसलाई आत्मघाती कदम बताइरहेका थिए । राकेशको यो निर्णयले उनका छोरा ऋतिक रोशनको करियर बर्बाद हुनसक्ने उनीहरुको ठम्याई थियो ।
कारण थियो, यही समय प्रदर्शनमा आउने तयारीमा रहेका आमिर खान र शाहरुख खान अभिनित फिल्म । आमिरको फिल्म मेला ७ जनवरी २००० मा रिलिज हुने घोषणा भइसकेको थियो । यसको निर्देशन धर्मेश दर्शनले गरेका थिए । धर्मेशको निर्देशनमा आमिर अभिनित राजा हिन्दूस्तानी यसअघि ब्लकबस्टर साबित भएको थियो । मेलामा आमिरसँगै उनका भाई फैजल खानले पनि अभिनय गरेका थिए, त्यसैले यस फिल्मलाई लिएर आमिरले ठूलो चासो दिइरहेका थिए ।
मेलाको ठिक दुई सातापछि २१ जनवरी २००० मा शाहरुख खान अभिनिति ‘फिर भि दिल है हिन्दूस्तानी’ प्रदर्शन हुँदै थियो । यस फिल्ममा शाहरुखसँगै जुही चावला मुख्य भूमिकामा थिइन् । अजीज मिर्जाले निर्देशन गरेको यस फिल्ममा शाहरुख निर्माता पनि थिए ।
यसरी आमिर र शाहरुखजस्ता सुपरस्टारको फिल्म रिलिज हुँदै गर्दा राकेश रोशन नवकलाकारलाई लिएर बनाइएको फिल्म रिलिज गर्दै थिए । त्यसैले उनका निकटका साथीभाईलाई यो निर्णय ठिक लागेन । मानिसहरुले आमिर र शाहरुखलाई रुचाउँछन्, उनीहरु ऋतिकको फिल्म किन हेर्छन् ? ती व्यक्तिहरुको प्रश्न थियो ।
यस्ता प्रश्न सामना गर्नुपरे पनि राकेश आफ्नो निर्णयमा अडिग रहे । उनलाई आफ्नो फिल्ममा विश्वास थियो । ऋतिकको प्रतिभामा भरोसा थियो । तोकिएकै मितिमा तीनवटै फिल्म प्रदर्शनमा आए । आमिरको मेला र शाहरुखको फिर भी दि हैं हिन्दूस्तानी फ्लप भए भने ऋतिकको ‘कहो ना प्यार है’ सुपर हिट भयो । एक नयाँ नायकले सुपरस्टारहरुलाई माथ खुवाइदिए, ऋतिक रोशन नयाँ शताब्दीका नयाँ स्टार बनेर उदाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन