बलिउड अभिनेत्रीकी पूर्व म्यानेजरसमेत तीनजना पक्राउ, भारी मात्रामा ड्रग्स बरामद
नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार एक बेलायती नागरिकसमेत तीनजनालाई पक्राउ गरेको छ । उनीहरुबाट भारी मात्रामा ड्रग्स बरामद गरिएको छ । गिरफ्तार गरिएकामध्ये एक बलिउड अभिनेत्रीकी पूर्व म्यानेजर पनि हुन् ।
एजेन्सीले जुन तीनजनालाई पक्राउ गरेको छ उनीहरुको पहिचान करण सजनानी (बेलायती नागरिक), राहिला फर्निचरवाला र उनकी बहिनी शाइस्ता फर्निचरवालाको रुपमा भएको छ । राहिला केही समय अघिसम्म एक चर्चित बलिउड अभिनेत्रीकी म्यानेजर थिइन् र सुशान्त सिंह राजपूत ड्रग्स केसकी संदिग्धमा थिइन् ।
शनिबार एनसीबीले सजनानीबाट ७५ किलोग्राम गाँजा, १२५ किलोग्राम गाँजा जस्तै ड्रग्स बरामद गरिएको छ जुन अमेरिकाबाट आयातित थियो । राहिलासँग पनि गाँजा र अन्य सामग्री बरामद भएको छ । एनसीबीका अनुसार सजनानीको सम्बन्ध सुशान्त सिंह राजपूतसँग पनि जोडिएको छ । उनी अनुज केसवानीकी सप्लायर थिइन् जसलाई सुशान्त केसमा पक्राउ गरिएको थियो ।
बेलायती नागरिक करणलगायत अन्य दुईजनालाई शनिबार पक्राउ गरिएको हो । करणसँग एक विशेष किसिमको गाँजा थियो जुन अमेरिकाबाट मगाइएको थियो । यो असाध्यै महँगो हुन्छ ।
एनसीबीले एक गोप्य सूचनाको आधारमा मुम्बईको बान्द्रामा कुरियरमार्फत् गाँजा जफत गरिएको थियो । यसैलाई केलाउँदै जाँदा सजनानी पक्राउ परेकी हुन् । बरामद गाँजा करणले प्याकिङ गरेका थिए र यसलाई मुम्बईबाहेक अन्य राज्यका हाई क्लास ग्राहकका लागि पठाइन्थ्यो । यस्तो तस्करीमा राहिला फर्निचरवाला आर्थिक र अन्य तरिकाले मद्दत गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण