थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ
बिहीबार, ०१ माघ २०७७, १३ : ०४
काठमाडौँ – काठमाडौँ चन्द्रागिरी नगरपालिका – २ नागढुंगास्थित चेकपोस्ट्बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोसिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराज रहेका छन् ।
बिहीबार बिहान सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गहतराजको झोलामा रहेको लागूऔषध पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार गहतराजको साथबाट DIAZEPAM ६४ एम्पुल, PHENERGAN ६७ एम्पुल,NOOPHIN ६४ एम्पुल र NITRAZEPAM ४० ट्यावलेट बरामद गरिएको छ ।
डिएसपी विष्टले यस विषयमा थप अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण