शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ

बिहीबार, ०१ माघ २०७७, १३ : ०४
बिहीबार, ०१ माघ २०७७

काठमाडौँ – काठमाडौँ चन्द्रागिरी  नगरपालिका – २ नागढुंगास्थित चेकपोस्ट्बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोसिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराज रहेका छन् । 

बिहीबार बिहान सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गहतराजको झोलामा रहेको लागूऔषध पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार गहतराजको साथबाट  DIAZEPAM ६४ एम्पुल, PHENERGAN ६७ एम्पुल,NOOPHIN ६४ एम्पुल र NITRAZEPAM ४० ट्यावलेट बरामद गरिएको छ । 

डिएसपी विष्टले यस विषयमा थप अनुसन्धान भइरहेको रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप