दर्शकसँग माफी माग्दै अमिताभले भने, ‘म थाकिसकेको छु, अवकाश लिन्छु’
भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ दर्शकहरुबीच निकै लोकप्रिय छ । पछिल्ला १२ सिजन अमिताभ बच्चनले यो शो सञ्चालन गरे । तर, अब अमिताभले यस शोबाट अवकाश लिने बताएका छन् ।
अमिताभले भर्खरैमात्र केबिसी १२ को अन्तिम एपिसोडको सुटिङ समाप्त गरे । सुटिङ सकिएलगत्तै उनले आफ्नो फ्यानहरुका लागि विशेष ब्लग लेखेका हुन्, जहाँ उनले अवकाशबारे लेखेका छन् । अमिताभले लेखेका छन्, ‘म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छ्ु । म माफी चाहन्छु, तपाईहरु सबैसँग, कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’
यद्यपी, आगामी संस्करणहरुमा पनि कुनै न कुनै रुपमा केबिसीको हिस्साका रुपमा रहने उनले जनाएका छन् । शोको अन्तिम एपिशोडमा आफुलाई भव्य बिदाई र प्रेम मिलेको उनले बताएका छन् ।
गत वर्ष कोभिडका कारण शोको सुटिङ रोकिएको थियो । त्यस्तै, अमिताभ, छोरा अभिषेक र बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कारोरना भएको थियो । जब, अमिताभले कोरोनाको लडाइँ जिते, त्यसपछि फेरि शो सुरु भयो ।
अमिताभले अवकाश लिने घोषणा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सोशल मिडियामार्फत अमिताभ सधैं आफ्ना फ्यानहरुसँग जोडिन रुचाउँछन् । उनी फ्यानहरुका लागि खास तस्विर र आफ्नो जिन्दगीका किस्साहरु सुनाउँछन् । अमिताभ अहिले ‘मेड’, ‘झुन्ड’ र रिया चक्रवर्तीको फिल्म ‘चेहरे’ को सुटिङमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण