सरकारले यसरी जुटाउँदैछ कोरोना खोपको लागि पैसा
काठमाडौं । सरकारले कोरोना खोपको लागि स्रोत जुटाउन खुला आव्हान नै गरेको छ । सूचनानै प्रकाशित गरेर सहयोग गर्ने दातृनिकाय तथा परोपकारी संस्थालाई ढोका खुला गरेको हो । अर्थसचिव शिशिरकुमार ढुंगाना सरकारले विकास साझेदारसँग सहयोगको लागि छलफल निकै अगाडी बढाएको बताएका छन् ।
एसियाली विकास बैंक, विश्व बैंक, दुइपक्षीय विकास साझेदारहरु स्वीस, एचवीसी, जिआइजेट तथा बायलेटेरल संस्थाहरुले सहयोग गर्ने लगभग निश्चित जस्तै भएको ढुंगानाले बताए । यस्तै परोपकारी सामाजिक संस्थामा रोटरी, ज्याक्मा फाउण्डेसन, बिल गेट्स फाउण्डेसन जस्ता संस्थालाई सहयोगका लागि ढोको खुला गरिएको उनले भने । सरकारले खोपका लागि ४२ अर्ब लाग्ने अनुमान गरेको छ । खोप कोषमा सरकारले ५० करोड जम्मा गरेर खाता सक्रिय गराएको छ । खोप प्रक्रिया शुरु भएपछि विस्तारै रकमको आवशयकता पर्ने भएकाले अहिले सो रकमको जोहो गर्न लागेको हो ।
सरकारले दातृ निकायसँग सहयोग माग गर्दै प्रकाशन गरेको सूचनाले आम मानिसहरुमा सर्वसाधारणबाट पैसा उठाउँन खोजिएको भ्रम पर्न गएको भन्दै सो रकम सर्वसाधारणसँग नभइ दातृ निकायसँग सहयोग मागिएको ढुंगानाले स्पष्ट पारेका छन् । सरकारले प्राथमिकताका आधारमा खोपको उपलब्धता भइसकेपछि निःशुल्क खोप वितरण गर्ने जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण