पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई प्रदान गर्ने निर्णय गरेको हो ।
सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिए । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । यसैगरी भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।
तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएबापत उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कार प्रदान गरिने महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिए।
बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव