बझाङमा काँग्रेसले सिफारिस ग¥यो प्रदेश र संघका उम्मेदवार
सम्राट सिंह
बझाङ– नेपाली काँग्रेस बझाङले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बिहिबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।
क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ माननिय सांसद चन्द्रादेवि जोशी, जिल्ला पार्टी सभापती हर्कजंगबहादुर सिंह, पृथ्वीबहादुर सिंह र डा. अम्मरराज जोशीको नाम सिफारिस गरेको छ । यस्तै, समानुपातीकतर्फ शिद्घराज जोशी, भक्तराज जोशी, हरिप्रसाद उपाध्याय, दीपकराम जोशी, प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस गरेको छ ।
यसैगरी प्रदेश सभाका लागि कांग्रेसले प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र धु्रवराज उपाध्यायको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ उत्तम रोकाया, खडक बोहरा, उमाशंकर जोशी, बिष्णुकुमार सिंह (जगत), शम्शेर बम, रामबहादुर महर, शिद्घराज जोशी, नारायण हमाल, बिष्णु ऐडी, खगेन्द्रप्रसाद जोशी, शान्ति पुजारा, देविकुमारी सेटी, सुनिता थापा, हिरादेवि रोकाया खत्री र पार्वती बिष्टको नाम सिफारिस गरेको नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सदस्य उत्तम रोकायाले बताए ।
क्षेत्र नम्बर २ बाट मा भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार नछुट्याएर एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ । नरेशबहादुर सिंह, डा. सुरेश मल्ल, प्रताप गुरुधामी, रमेस भण्डारी, बिष्णु दौल्याल, गुणाकर जोशी, गणेश भण्डारी, मिनादेवि रावल, शान्ति कुमारी महत, मनिषा धामी, कुमारजंगबहादुर सिंह, केशवराज जोशी, कविराज गिरी, सुर्यप्रकाश जोशी, देवराज शर्मा, ईश्वर मल्ल, मनजीत ताम्राकार, नरेश थापा र कवि जप्रेलको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने नेकपा एमाले पनि उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा छ । स्थानीय निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल दशैंसँगै फेरि बढ्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण