भारतमा कोरोना खोप लगाएलगत्तै ह्रदयघात भएर एक व्यक्तिको मृत्यु
सोमबार, ०५ माघ २०७७, २३ : ५२
एजेन्सी । भारतको कर्नाटनकमा कोरोना खोप लगाएलगत्तै ह्द्यघात भएर एक व्यक्तिको मृत्यु भएको छ । शनिबार स्थानीय सन्दूर सदर अस्पतालमा कोरोना खोप लगाएका ४३ वर्षीय नागराजाको मृत्यु भएको बेंगलुर पुगेका पत्रकार इमरान कुरेशीलाई एक सरकारी अधिकारीले बताएका छन् । भारतमा शनिबारदेखि देशभार कोरोना खोप अभियान सुरु भएको छ ।
बेल्लारीका डेपुटी कमिश्नर पवनकुमारले बीबीसी हिन्दीलाई बनाएअनुसार मृतक नागराजको पोष्ट मार्टम भैसकेको छ र यसको रिपोर्ट राज्य सरकारलाई पठाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एक अधिकारीका अनुसार नागराजको मृत्यु श्वास प्रणालीको असफलताका कारण भएको हो । भारतमा शनिबारदेखि कोरोना खोप अभियान सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा ३० करोड जनालाई भ्याक्सिन लगाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण