भारतः ट्रकले फुटपाथमा सुतिरहेका २० जनालाई किच्यो; १३ को मृत्यु, ७ को स्थिति गम्भीर
भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किचेको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए ।
दुर्घटना सोमबार राती भएको हो । भारतीय मिडिया दैनिक भास्करका अनुसार १२ जनाको घटनास्थलमा नै मृत्यु भएको हो जबकि ८ जनाको स्थिती गम्भीर छ । उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको छ । प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ ।
भास्करका अनुसार दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ ।
स्रोतका अनुसार मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो । ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षती पुगेको छ ।
ट्र्याक्टरसँग ठोक्किएर अनियन्त्रित भयोः
प्रहरीका अनुसार ट्रक उखु भरिएको ट्र्याक्टरसँग ठोक्किएको हो । त्यसपछि ट्रकका ड्राइभरले नियन्त्रण गुमाएको र ट्रक फुटपाथमा चढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण