सरर... चचहुई ऽऽऽऽ
थम्मन थापा
बागलुङ– बडादशैंका अवसर एक पटक जमीन छाड्नै पर्ने भनिन्छ । तर हिजोआज भने जमीन छाड्नका लागि लिङ्गे पिङ हराउँदै जान थालेको छ ।
ठाउँ ठाउँमा लिङ्गे पिङ हाल्ने र पिङ खेल्ने प्रचलन विस्तारै हराउँदै गएको छ । केही बर्ष अघिसम्म दशैँतिहार जस्ता चाडमा प्रायः गाउँका टोलमा लिङगे पिङ हालिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङगे पिङको चलन विस्तारै हराउदै गएको छ ।
बाल्लुङका हरेक गाउँमा युवादेखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसका चार वटा लिङगो गाडी पिङ बनाउने गरिन्थ्यो । दशैंको सुरुवातदेखि हालेको पिङ तिहारसम्मै राखिन्थ्यो । तर अहिले गलकोट क्षेत्रका युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बिहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङगे पिङ खेल्ने संस्कृति हराउँ गएको हो ।
‘दशैँका बेला गाउँका डाँडाकाँडाहरुमा जम्मा भएर सामुहिक लिङगे पिङ खेल्ने, रमाइलो गर्ने परम्परा विस्तारै हराउककदै गएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले बताउँछन् ।
विशेषगरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेको थापाको भनाई छ । पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउँछन् ।
यस क्षेत्रका युवाहरु रोजगारीको लागि प्राय जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, युकेसँगै खाडी मुलुक मलेसिया, कतार र दुवईमा गएका छन । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ ।
तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो तर गाउँघरमा फाट्टफुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा हुनुले पनि लिङगे पिङको संस्कृति लोप हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण