स्वस्थ र तन्दरुस्त रहनका लागि दैनिक खानुहोस् यी पाँच सुपरफुड, सस्तो र स्वास्थ्यवर्द्धक
आजकाल स्वास्थ्य विज्ञले मानिसहरुलाई डाइटमा सुपरफूड समावेश गर्न सल्लाह दिन्छन् । तर सुपरफुड भन्ने बित्तिकै मानिसहरुको मनमा यस्ता खानेकुरा महँगा होलान् वा निकै मुश्किलले भेटिने खानेकुरा होलान् भन्ने पर्न जान्छ । भारतमा ‘हेल्दी लिभिङ विद शरण’ मा लाइफस्टाइल एण्ड न्यूट्रिशियन कन्सल्टेन्टको रुपमा काम गरिरहेकी शालू निझावनले मानिसहरुलाई पाँच प्रकारको सुपरफुड खाने सल्लाह दिएकी छिन् । उनले यस्ता सुपरफूडबारे जानकारी दिएकी छिन् जुन सस्तो मूल्यमा बजारमा सजिलै पाउन सकिन्छ ।
शालू निझावनका अनुसार महँगो वा मुश्किलले पाइने फलफूल–सागसब्जीलाई सुपरफूड मान्नु सही होइन । कुनै पनि चिजलाई सुपरफूड भन्नु अघि त्यसको न्यूट्रिशन भ्यालूबारे थाहा हुनुपर्छ । स्वास्थ्य विज्ञका अनुसार तिल, तुलसी, मेथी, पुदिना, धनिया, बन्दा, गाजर वा मूलका साग पनि हाम्रो लागि कुनै सुपरफूडभन्दा कम छैन । अर्को, फाइबर वा तत्काल ऊर्जा दिने कुनै पनि फल हाम्रो लागि सुपरफूड हो ।
ताजाा अर्गानिक तरकारी हाम्रा तेस्रो सुपरफूड हुन् । हामीले विभिन्न रङको फलफूल खानुपर्छ । यसका हरेक रङ्गमा विभिन्न प्रकारको फाइटोन्यूट्रियन्ट्स हुन्छन् जसले हाम्रो प्रतिरोधी क्षमतालाई बुस्ट पनि गर्छ । सिड्स अर्थात् बिउ हाम्रो चौथो सुपरफूड हुन् । हामीले आफ्नो दैनिक खान्कीमा हेल्दी फ्याट र फाइबरले भरपुर सिड्स समावेश गर्नुपर्छ ।
यस्तै अर्को सुपरफूड भनेको गेडागुडी हो । फाइबर र प्रोटिनले भरपुर गेडागुडीमा विभिन्न प्रकारको पौष्टिक तत्व पाइन्छ । स्वास्थ्य विज्ञका अनुसार हामीले दैनिक राती सुत्नु अघि गेडागुडी भिजाएर राख्नुपर्छ जसलाई हामी बिहान नास्तामा खान सकौं । थोरै गेडागुडीले पनि हाम्रो भोक नियन्त्रण गर्न मद्दत गर्छ जसले मोटोपना र विभिन्न रोगबाट हामीलाई टाढा राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण