राजेन्द्र महतोले भने– चुनावमा जानु प्रतिगमन होइन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नहुने बताएका छन् । सप्तरीमा प्रेस मञ्च नेपाल र प्रेस नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भइरहेको र अदालतले गर्ने फैसला नै सबैलाई मान्य हुने बताएका हुन् ।
‘चुनाव लड्नु प्रतिगमन होइन, चुनावमा जानु प्रतिगमन होइन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनबारे मुद्दा विचाराधीन छ, सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यो हामीलाई स्वीकार्य छ ।’
सर्वोच्च अदालतको निर्णयपछि देशको राजनीतिक अवस्था कस्तो हुन्छ, त्यसअनुसार नै आफूहरुले उपयुक्त निर्णय लिने उनले बताए । नेपालमा संसद पुनःस्थापना र निर्वाचनमध्ये कुनै पनि स्थायी समाधान नरहेको हुनाले जसपा नेपालले जनमुक्ति आन्दोलन गर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा प्रतिगमनको शुरुवात गरेका हुनाले उनको पतन निश्चित रहेको महतोले बताए ।
देशमा ६ वटा संविधान समाप्त भइसकेको र यो सातौं संविधानलाई पनि प्रधानमन्त्री ओलीले समाप्त गर्न लागेको बताउँदै उनले प्रधानमन्त्री ओली पतनतिर गइरहेको टिप्पणीसमेत गरे । त्यही कारण बेलाबेलामा राजेन्द्र महतो आफ्नो पार्टीमा आउन लागेको भ्रम फैलाउने गरेको पनि उनले बताए । यस्तो भ्रम फैलाएपछि केही समय बाँचिएला कि भन्ने भ्रममा प्रधानमन्त्री ओली रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण