ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा
काठमाडौं । ठगी आरोपमा पक्राउ गरिएका ओलम्पिया वर्ल्ड स्कुलका दुईजना सञ्चालकको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा पेश गरेको छ । पौने तीन करोड ठगी आरोपमा शनिवार स्कुलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो ।
शनिवार राती नै प्रहरीले उनीहरुलाई सुटुक्क रिहा गरेको छ । रिहापछि काठमाडौं प्रहरीले आईतबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ । ठगी मुद्दामा पक्राउ परेका खड्का र महर्जन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आदेशपछि रिहा भएका हुन् ।
उनीहरुले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्णप्रसाद देवकोटलाई बेच्ने भन्दै ०७६ वैशाखमा बैना लिएका थिए । सो जग्गा पछि अर्को व्यक्तिलाई बेचेपछि देवकोटाले बैना फिर्ता मागे । तर, बैना फिर्ता नपाएपछि देवकोटाले महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको जाहेरी दर्ता गराएका थिए । शिरिष न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण