अमेरिकामा नेपालीहरुले बडा दशैँ यसरी मनाए
विजय थापा
वासिंगटन – अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई बडा दशैँ मनाएका छन् ।
नेपालमा शनिवार ११ बजेर ५५ मिनेट को शुभ साइत रहेता पनि अमेरिकामा रहेका नेपाली पुरोहित पण्डित हरुले फरक फरक टीकाको शुभ साइत बताएका थिए । ८ः ४५ मिनेटदेखि ११ः४५ सम्म तथा ९ ः१५ देखि ११ बजेसम्मको पनि शुभ साईत भएको बताएका थिए । अमेरिकामा टीकाको चहल पहल १० बजे देखि सुरु भइ मान्यजनका घरमा गएर आशिर्बाद लिएका थिए ।
यस बर्षको दशैं शनिबार परेकोले नेपाली समुदाय निकै खुशी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे । अमेरिकामा नेपाली सङ्घ –संस्था तथा नेपाली मन्दिरहरुले समुदायको लागि जमराको व्यवस्था गरि दिएपछि सजिलो भएको छ ि
बडा दशैको दिन मासुका विभिन्न परिकारमा पक्कु ,भुटेको भुडी ,कलेजो ,रक्ती ,भित्र्यास ,काक्राको खल्पी ,कालो मासको दाल ,तामाबोडी ,सेलरोटी ,केराको बुङ्गोको अचार ,नेपाली शैलीका अचार तथा चिउरा आदि ईत्यादी समेत आफु ,परिवार तथा अतिथिहरुलाई खुवाएका थिए ।
पुरुषहरु नेपाली पोशाक दौरासुरुवाल र ढाका टोपीमा देखिन्थे भने महिलाहरु पनि नेपाली शैलीका अधिकांश रातो फरिया तथा सुनका गहना सहित सजिएका थिए ।
अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका बालबालिकाहरुले टिका जमरा र सौगत स्वरुप खाम भित्र पैसा प्राप्त गर्दा प्रफुल्ल भई रमाएका थिए । केही तास खेलेर मनोरञ्जन गरेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण