कंगना लेख्छिन्– ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, उसले रेकर्ड समेत तोड्यो’
मुम्बई । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ । फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पुगेको अवसरमा कंगनाले एक ट्वीट गर्दै दुई तस्बिर एकसाथ सार्वजनिक गरेकी छन् । ती मध्ये एक तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएको र उनी ह्वील चेयरमा देखिएकी छन् भने दोस्रोमा उनको निधारमा चोटको निसान छ ।
उनले ट्वीटमा लेखेकी छन् ‘जिस फिल्ममा मेरो हट्डी भाँचियो, त्यही फिल्मले कयौं रेकर्ड समेत तोड्यो ।’ यो जापानमा समेत भारतको सबैभन्दा सफल फिल्म सावित भएको उनको ट्वीटमा उल्लेख छ । कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जुन भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखन्डे, सुरेश ओबरोय, जीशु सेनगुप्ता, अतुल कुलकर्णी सहित अन्य फिल्मका सबै स्टार छन् ।
कंगनाले अगाडि लेखेकी छन्– ‘कयौं यो फिल्म सर्वश्रेष्ठ ऐतिहासिक फिल्म भनेका छन् । तर म यसलाई विश्वस्टरको फ्रेन्चाइज बनाउने बचन दिन्छु ।’ यसको अलवा कंगनाले एक भिडियो समेत शेयर गरेकी छन् । जसमा तरवार चलाइरहेको क्लिप समेटिएको छ ।
पीरियड ड्रामामा आधारित यो फिल्म रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाइको बिषयमा थियो । फिल्मका कंगनाको साथमा जिशु सेनगुप्ता, अतुल कुलकर्णि, मोहम्मद जीशान, अंकिता लोखन्डेलगायको मुख्य भूमिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण