सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा छन्: प्रभु साह
राजविराज। शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा नेकपा केपी ओली पक्षले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले सो कुरा बताएका हुन् । सो समूहको २ नम्बर प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफुहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए । उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपूर्तिका लागि जे पनि गर्दै आएकोलाई पहिचान गर्न आग्रह गरे । ती नेताहरुले माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना समेतको व्यापार गरेको नेता साहको आरोप छ ।
महान शहिद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलव सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमा चिन्न उनले आग्रह गरे । ‘तपाईंहरुलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । अहिले तपाइँहरु हेर्दै हुनुहुन्छ, आफुलाई ठेकेदार ठान्ने केही माओवादीहरु आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्दत छन् ।’ नेता साहले भने, ‘कोही भ्रममा नपर्नुस्, सक्कली माओवादीहरु पार्टी एकतामै छौँ । कोहि पनि कमरेड विचलित नहुन आग्रह गर्दछु ।’
‘यहाँ एकथरी छन्, जो आफुलाई माओवादी भन्छन् तर सहिद रामवृक्ष यादवको शालिक भत्काउछन् । म विचार गर्न भन्न चाहन्छु, कमरेड रामवृक्षको शालिक भत्काउने माओवादी हुन् कि रामवृक्षको नाममा क्याम्पस बनाउने ? जनमुक्ति सेनाको नाममा आएको पैसामा पनि भ्रष्टाचार गर्ने माओवादी हुन् कि जनमुक्ति सेनाको उपचार गर्ने ? माओवादी आन्दोलनलाई स्वार्थमा बेच्नेहरू असली हो कि माओवादी विरासतको रक्षा गर्नेहरू ? माओवादी मुद्दा र पहिचानको व्यापार गर्ने माओवादी हो कि एजेन्डाका लागि निरन्तर लड्ने ?’ नेता साहले भने, ‘परिवर्तनका लागि लड्नेहरु आज पनि पार्टी एकताको पक्षमा छौँ । तर केही धोखेबाज र गद्दारहरु पार्टी र आन्दोलन भाँड्ने अभियानमा छन् ।’
कार्यक्रममा उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, नेकपा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण