सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु
काठमाडौं । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ ।
पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो ।
प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड¬–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ ।
बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए । प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण