स्वास्थ्य र सुन्दरताका लागि गुणकारी छ टुसा उम्रिएको चना, यस्ता छन् उत्कृष्ट फाइदा
चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंका लागि चना प्रोटिनको एउटा उत्कृष्ट स्रोत हो । तर यसको फाइदा त्यतिबेला थप बढ्छ जब हामी यसलाई भिजाएर खान्छौं वा टुसा उम्रिएको चनालाई खानामा समावेश गर्दा यसले हाम्रो स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ ।
चनालाई टुसा उमारेर खाँदा यो सुपरफुड बन्ने गर्छ र थुप्रै पोष्टिक गुणको भण्डार बन्ने गर्छ ।
- टुसा उमारिएको चना खाँदा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । यसले मोटोपनाजस्ता समस्याबाट राहत प्रदान गर्छ । किनभने चना खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन । यस्तोमा कम खाँदा खाइन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।
– टुसा उम्रिएको चनामा अत्यधिक प्रोटिन पाइन्छ, साथै यसमा फ्याटको मात्रा पनि निकै कम हुन्छ ।
– चनाको सेवनले तपाईं आफ्नो हड्डी र दाँत बलियो राख्न सक्नुहुन्छ किनभने यसमा विभिन्न प्रकारको भिटामिन र मिनरल्स हुन्छन् ।
यसमा आइरन र सोडियमसहित थुप्रै पौष्टिक तत्व हुन्छन् जुन तपाईंको शरीरका लागि विभिन्न तरिकाले फाइदाजनक हुन्छ ।
- टुसा उम्रिएको चनाको सेवनले तपाईंको छाला र कपाललाई पनि सुन्दर राख्न निकै मद्दत गर्छ किनभने यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले बढ्दो उमेरसँग छालामा जुन प्रभाव पर्छ त्यो कम गर्छ । साथै यो कपालका लागि पनि निकै राम्रो हुन्छ ।
– जवान देख्न चाहनेहरुले यसको नियमित सेवन गर्नुहोस् । कपाल र तपाईंको छालालाई आवश्यक पर्ने मोइस्चर यसले प्रदान गर्छ ।
– टुसा उम्रिएको चनाले तपाईंको ब्लड सुगर पनि नियन्त्रणमा राख्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण