लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक: पूर्वप्रधानमन्त्री खनाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उनले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पारे ।
उनले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको धारणा राखे । एक प्रश्नको जवाफमा उनले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने होे, त्यो नै अन्तिम नभएको बताए ।
नेता खनालले पार्टीभित्र आफ्नो समूहको दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गरे । वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण