रेखा लेख्छिन्, ‘महिलाहरुमाथि अघोषित युद्ध नै थोपरिएको छ’
अभिनेत्री रेखा थापा पछिल्लो समय फिटनेसका कारण चर्चामा छिन् । लकडाउनको अवधिभर फिटनेशमा ध्यान दिएर उनले करिव २० केजी तौल घटाएको समाचारसमेत बाहिर आएका थिए ।
उनी अहिले नयाँ फिल्म निर्माणको तयारी पनि गर्दैछिन् । त्यही फिल्म अभिनयका लागि उनले तौल घटाएको चर्चा पनि नचलेको होइन । यस विषयमा उनले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।
केही अगाडि तामझामका साथ राजनीतिमा पनि प्रवेश गरेकी उनी पछिल्लो समय राजनीतिमा त्यति सक्रिय छैनन् ।
सामाजिक अभियन्ताको रुपमा समेत परिचित रेखा सामाजिक संन्जालमा आफ्नो प्रभावकारी अभिव्यक्ति समेत राख्दै आएकी छन् ।
यस्तैमा आज शुक्रबार शहीद दिवसको अवसर पारेर उनले महिलामाथि हुने विभिन्न प्रहारको विरुद्ध प्रतिकार गर्नुपर्ने बताएकी छन् । उनले महिलामाथि हुने प्रहारहरुलाई महिलाले नै प्रतिकार गर्नुपर्छ भन्दै अन्याय सहेर बस्ने कि प्रतिकार गर्ने भन्ने महिलामै भरपर्ने धारणा राखेकी छन् ।
उनी लेख्छिन्, ‘यो संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतिक प्रहारहरु हुन् । महिलाहरुमाथि अघोषित युद्ध नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण