अम्बाको पातबाट निको हुन्छ यस्ता रोग
काठमाडौँ । फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलफूलमध्ये अम्बा पनि धेरैलाई मनपर्ने फलमा पर्छ । यसको सेवनले शरीरलाई फाइदा पुर्याउँछ । यसको फल मात्र होइन अम्बाको पातको सेवनले पनि शरीरमा हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।
औषधिय गुण हुने भएकाले अम्बाको पातले स्वास्थ्यमा धेरै लाभ पुर्याउँछ । यसले सामान्यताः मधुमेह, पखाला, दाँतको दुखाई, कोलेस्ट्रोल, रुघाखोकी जस्ता रोगको उपचार गराउँछ । अम्बाको पातमा एन्टी ब्याक्टेरियल, एन्टि इन्फ्लामेटरी र एन्टिअक्सिडेन्ट जस्ता गुणहरु हुने भएकाले यसले स्वास्थ्यमा विभिन्न समस्या हुनबाट समेत बचाउँछ ।
मधुमेह
अम्बाको सेवनले मधुमेहका रोगीहरुलाई निकै फाइदा पुर्याउँछ । यसको पातको सेवनले मधुमेहको बिरामीको रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । चिकित्सकहरुले मधुमेहका रोगीलाई अम्बाको साथसाथै अम्बाको पातको चिया पिउन सुझाव दिने गर्छन् ।
मुख गन्हाउने समस्या
अम्बाको पातले मुख गन्हाउने समस्या कम गराउँछ । अम्बाको पातको नियमित सेवनले मुख गन्हाउने समस्या कम गराउँछ । यसैगरी, अनुहारमा अम्बाको पातको लेप लगाउँदा अनुहारमा आउने विभिन्न प्रकारका दागधब्बा कम गर्छ ।
चिसोमा लाग्ने रोगबाट बच्न
अम्बाको पातमा भिटामिन सी पाइन्छ । यसले शरीरलाई रोग प्रतिरोधी क्षमता बढाउँन मद्दत गर्छ । अम्बाको पात उमालेर पानी पिउँदा घाँटी र फोक्सो समेत सफा राख्न मद्दत गर्छ ।
कोलेस्ट्रोल कम गर्न
अम्बाको पातमा भिटामिन, प्रोटिन र खनिज पाइने भएकाले यसमा हुने फाइबरले शरीरमा कोलेस्ट्रोल बढ्ने समस्या कम गर्छ ।
दाँतको दुखाई
दाँत दुख्ने समस्या भएकाहरुले अम्बाको पात चपाउने गर्नुपर्छ । यसले दाँत दुख्ने समस्या कम गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण