कर्णालीमा सात फरार अभियुक्त पक्राउ
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ गरिएका अभियुक्तलाई सम्बन्धित जिल्ला अदालतमा बुझाइएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत एकतानगर टोलस्थित भीमलाल भट्टराईको घरमा कोठा भाडामा आएका दुई युवालाई ३६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको सहप्रवक्ता श्रेष्ठले बताए ।
उनका अनुसार लागुऔषध बेचबिखन कारोवार गरिरहेको भन्ने सूचना पाउने वित्तिकै प्रदेश ब्यूरोको प्रहरी नायब निरीक्षक नारायण शर्माको टोलीले कारोवारस्थलमै पक्राउ गरेको थियो । परालमुनि प्लास्टिकको पुरियामा लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
“पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ बाँके जिल्लामा बस्ने २८ वर्षीय सब्बिर खाँन छन्,”उनले भने, “उनीहरुबाट सेतो रङको १७ वटा नाइट्रोभेट जस्तो देखिने ट्याब्लेट र रु १७ हजार ८५० नगदसहित बरामद गरिएको छ ।” पक्राउ परेका दुबैको आवश्यक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण