कपिल शर्मा २८ वर्षअघि यस्ता थिए
आइतबार, १८ माघ २०७७, १० : २३
एजेन्सी । भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माको २८ वर्ष अगाडिको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत उक्त तस्बिर सेयर गरेका हुन् ।
तस्बिरमा उनले आफ्ना दाजु अशोक शर्मासँगको तस्बिर सेयर गरेका छन् । उनी उक्त तस्बिर लिने समयमा ११ वर्षका थिए ।
उनले तस्बिरसँगै 'भाईभाई' क्याप्सन लेखेका छन् । जसमा लगभग ७ लाखभन्दा बढी लाइक्स आएको छ भने २ हजारभन्दा बढी कमेन्ट आएको छ ।
उनी छिट्टै कमेडी 'द कपिल शर्मा शो' बन्द गर्ने योजनामा रहेका छन् । उनले आफ्नी पत्नी गिन्नी गर्भवती भएका कारण शो बन्द गर्ने योजनामा रहेको र श्रीमतीलाई धेरै समय दिने योजना रहेको समेत खुलाएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण