भारतको यस वर्षको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै
एजेन्सी । भारतमा वर्ष २०२१/२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।
अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो ।
अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेका छन् । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ । “अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण