पोखरामा आमहड्तालको प्रभाव, चोकचोकमा बन्दकर्ता (तस्बिरहरु)
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका छन् ।
बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् ।
संवैधानिक निकायहरुमा ओली सरकरले बलमिच्याईं गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मुश्लिम आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन् ।
असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्त गरेको विरोधमा नेपाल बन्द गरिएको नेकपा कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले बताए । उनले बन्द शान्तिपूर्ण रहेको बताए ।
पोखराको महेन्द्रपुलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका एक जना विद्यार्थी नेता विनायक तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको इन्चार्ज गुरुङले बताए ।
बन्द साँझ ६ बजेसम्म बन्द जारी रहने छ । बन्दका समयमा परीक्षार्थीलाई छुट दिइएको छ । परीक्षामा सहभागी हुन जाने वा फर्किने परिक्षार्थी विद्यार्थी र उनका अभिभावकलाई सवारी साधन सञ्चालन गर्न दिइएको इञ्चार्ज करणले जानकारी दिए ।
त्यस्तै, एम्बुलेन्स, औषधी बोकेका गाडी, पानी, दूध बोक्ने गाडी, कुटनीतिक नियोग, पत्रकारलगायतलाई पनि सवारी साधन सञ्चालन गर्न दिइएका उनले बताए । यसैक्रममा पोखरामा नेकपा ओली समूहका करिव २ दर्जन युवाहरुले बन्द विरुद्ध मोटरसाइकल सहित नारावाजी गर्दै विरोध जनाएका छन् । उनीहरुले मोटरवाइकमा पोखराका विभिन्न ठाउँ घुमेर विरोध गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले पोखरामा कुनै अप्रिय घटना नभएको जानकारी दिए । उनले एक जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको बताए । ‘अहिले सम्म कास्कीको अवस्था सामान्य छ, कुनै तोडफोर र अप्रिय घट्ना घटेको छैन’ उनले भने, ‘पोखराको अवस्था सामान्य रहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण