झडपमा घाइते भएका रामचन्द्र झा र मातृका यादवलाई काठमाडौं पठाइयो
धनुषा । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट लागेको छ भने अन्य नेताहरु पनि घाइते भएका थिए । उनीहरुको अवस्था गम्भिर देखिएकोले उपचारका लागि काठमाडौं पठाइएको सचिव यादवले जानकारी दिए ।
उता, आमहड्तालका क्रममा प्रदेश नम्बर २ मा प्रचण्ड–माधव पक्षका ६१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका अधिकांश नेता कार्यकर्ताहरुलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । तर सिरहामा पक्राउ परेका आन्दोलनकारीहरुलाई भने अहिलेसम्म छाडिएको छैन ।
प्रदेश २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्सामा ३१, धनुषामा ११, महोत्तरीमा ५, रौतहटमा ६, बारामा ८ र सिरहामा २ जनालाई नियन्त्रणमा लिइएको थियो । प्रदेश २ भरबाट पक्राउ परेका ६१ जनामध्ये ५९जनालाई छोडिएको छ भने सिरहामा पक्राउ परेका २ जनालाई अहिलेसम्म पनि नियन्त्रणमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा आमहड्ताल गरेको थियो । त्यस्तै प्रहरीले दमन गरेको भन्दै भोलि विहान प्रचण्ड माधव पक्षले जनकपुरमा पत्रकार सम्मेलन गर्ने सचिव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण