पापीहरु कुम्भ नुहाउन गए : सत्यनारायण मण्डल
काठमाडौं । नेकपा ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रचण्ड–माधव पक्षका नेताहरुलाई पाप पखाल्न पार्टी छाडेर गएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मण्डलले देशव्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितीको सामना गर्नुपरेको भन्दै यस्तो परिस्थिति उत्पन्न हुनुमा पार्टीकै केही नेताहरु कारकका रुपमा रहेको बताए । ‘यो परिस्थिति कसरी उत्पन्न भयो ? हाम्रै पार्टीका केही नेताले गर्दा मुलुकमा जनताले संकट महशुस गर्न थालेका छन्,’ मण्डलले भने,
‘बुद्ध जन्मेको देश हो, बुद्धको ज्योतिले संसारलाई ज्योति दिएको छ । दुइचार जनाले अध्यारो ल्याउन खोजेपनि केही हुदैन ।’ उनले मैथिलिमा सायरी सुरु गर्दै ‘माघके महिनामा कुम्भके नाहनमा आहो बुद्ध जी ....’ भने । उनले प्रचण्ड माधव पक्षका नेताहरुलाई पापीहरु र पाप पखाल्न पार्टी छाडेको पनि बताए ‘पापीहरु कुम्भ नुहाउन गएको, कमाएका पुन्य पखाले केही हुनेवाला छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण