भेरी-बबई डाइभर्सन विवादः आयोजनाले भन्यो- ‘आन्दोलनरत कर्मचारी हाम्रा होइनन्’
काठमाडौं । कर्मचारी तलवको विषयलाई लिएर विवादित बनेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अयोजनाको दोस्रो चरणको निर्माण कार्य (हेडवक्स, सर्ज साफ्ट तथा वापर निर्माण कार्य) मा लागेका आफ्ना कर्मचारीहरुले १२ महिनादेखिको तलब भत्ता पाउन नसकेको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारप्रति असहमति जनाउँदै आयोजनाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोजन निर्माण ठेकेदार कम्पनी गोङ्डोङ्–रमण जेभीले तलब नपाउने कर्मचारी आफ्नो नभएको र तलब खुवाउने दायित्व समेत आफुहरुको नभएको जनाएको छ । आन्दोलनरत कर्मचारी आयोजना आफ्नै नभएर आयोजनाको सर्पोटर (भेण्डर) परामर्शदाताको भएकाले तलब भत्ता खुवाउने दायित्व समेत उसैको भएको कम्पनीले प्रष्ट पारेको छ ।
आयोजको डिजाइन, क्वालिटी कन्ट्रोल र सुप्परभिजन कार्यका लागि आयोजनाले महव घोड्स काउन्सिलिङ इन्जिनियरिङ इरान (एमजीसीई) र एसोसिएसन विथ इन्जिनियरिङ काउन्सिलिङ फर कन्ट्रक्टिभ डेभलमेन्ट इफोर्ट इन नेपाल (ईकोकोडी) नेपालसँग गत वर्ष २०७६ कार्तिक ६ गते सम्झौता भएको र सोही सम्झौता अनुसार परामर्शदाताको रुपमा मात्र उक्त भेन्डरसँग काम गरिरहेको कम्पनीले बताएको छ ।
काम लगाउने र तलब दिने सोही भेण्डरको दायित्व भित्र पर्ने हुँदा यसमा कम्पनीको कुनै सहभागिता नहुने ठेकेदार कम्पनी गोङजोङ–रमण जेभीले बताएको छ । अहिलेको कर्मचारी आन्दोलन र ती आन्दोलनरत कर्मचारी समेत आयोजनाको नभएकोले आयोजना निर्माणको काममा समेत कुनै बाधा नपुग्ने कम्पनीले विज्ञप्ति प्रष्ट पारेको छ । यता, कर्मचारीहरुले भने आफुहरुले १२ महिनादेखि आयोजनाबाट पाउनुपर्ने तलब पाउन नसकेको भन्दै आन्दोलन चर्काइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण