आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रपोज डेः नीता अम्बानीलाई ट्राफिक सिग्नलमा त ऐश्वर्यालाई नक्कली औंठी लगाइदिएर गरिएको थियो प्रपोज

सोमबार, २६ माघ २०७७, १३ : ४४
सोमबार, २६ माघ २०७७

भ्यालेनटाइन विक सुरु भइसकेको छ । यो विकको दोस्रो दिन प्रपोज डे मनाइन्छ । आउनुहोस्, यो अवसरमा मुकेश अम्बानीदेखि शाहरुख खान र निक जोनसले आफ्ना लेडी लभलाई कसरी प्रपोज गरेका थिए भनेर जानकारी लिऔं ।

मुकेश अम्बानी–नीता अम्बानीः

मुकेश अम्बानीका लागि नीता अम्बानी लभ एट फर्स्ट साइट थिइन् । दुबैबीच ब्याकग्राउन्डदेखि कुनै पनि कुरामा समानता थिएन । तरपनि यी दुईबीचको सम्बन्ध निकै छिटो बलियो हुँदै गयो । मुकेशले नीतालाई आफ्नो जीवनसाथी बनाउने निर्णय गरे र जसरी उनले प्रस्ताव राखे, त्यो निकै फिल्मी थियो । 

भारतीय मिडियामा प्रकाशित खबरका अनुसार मुकेशले आफ्नी लेडी लभ नीतालाई एकदिन डेटमा लैजादैं थिए र ट्राफिक सिग्नलमा गाडी रोकेका बेला उनले नीतालाई प्रपोज गरिदिए । नीताले ‘हुन्छ’ भनेर जवाफ नदिएसम्म उनले आफ्नो कार अघि  बढ्न दिएनन् । 

निक जोनस–प्रियंका चोपडाः

निक जोनसले एक अन्तरवार्तामा उनले प्रियंकालाई उनको जन्मदिनको भोलिपल्ट प्रपोज गरेको बताएका थिए । गायकका अनुसार प्रियंकाको जन्मदिन र आफूहरुको इन्गेजमेन्ट एनिभर्सरी एकैदिन नपरोस् भनेर उनले प्रियंकाको जन्मदिन समाप्त हुनका लागि मध्यरातसम्म कुरेको पनि जानकारी दिए । निकले प्रियंकालाई प्रपोज गर्नेबेला उनको अगाडि घुँडा टेकेर उनलाई भने, ‘के तिमीले मलाई विवाह गरेर मलाई संसारकै खुसी व्यक्ति बनाउछौ ?’

निकका अनुसार नायिकाले करिब ४५ सेकेन्डसम्म कुनै जवाफ दिइनन् त्यसपछि निकले उनलाई भने, ‘यदि तिमीलाई कुनै आपत्ति छैन भने म तिमीलाई यो औंठी लगाइदिँदै छु ।’ त्यसपछि यी दुईले आफ्नो प्रेम सम्बन्धलाई विवाहको रुप दिए । 

अभिषेक बच्चन–ऐश्वर्या रायः

अभिषेक बच्चनले त ए्ेश्वर्यालाई प्रस्ताव राख्दा नक्कली औंठी लगाइदिएका थिए । नायिकाले एक अन्तरवार्ताका अभिषेकले आफूलाई अमेरिकामा हुँदा विवाहको प्रस्ताव राखेका थिए । गुरुको सुटिङ पछि हामी दुबै न्यूयोर्कमा थिए । अभिषेकले यो विशेष मौकाका लागि पूरा तयारी गरेका थिए र सही मौका देख्ने बित्तिकै उनले ऐश्वर्यालाई प्रपोज गरे तर उनले ऐश्वर्यालाई जुन औंठी लगाइदिएका थिए त्यो वास्तविक हिरा वा सुनको नभई फिल्मकै एक सीनमा प्रयोग भएको प्रप लगाइदिएका थिए । 

शाहरुख खान–गौरी खानः

उनीहरुको त पूरा प्रेम कथा नै फिल्मी छ । यहाँ प्रपोजको कुरा मात्रै गरौं । शाहरुख खानको पजेसिव नेचरले वाक्क भएकी गौरी दिल्ली छोडेर मुम्बई आएकी थिइन् । उनलाई खोज्दै शाहरुख पनि त्यही शहरमा पुगे । लामो प्रयासपछि अन्त्यमा यी दुईको अक्सा बीचमा भेट भयो र दुबै निकै भावुक भए । यत्तिकैमा शाहरुखले गौरीलाई विवाहको प्रस्ताव राखे । गौरीले के जवाफ दिइन् होला, तपाईंलाई थाहै होला ।

सैफ अली खान–करिना कपुरः

सैफ र करिनाको लभ स्टोरी फिल्म टशनको सेटमा सुरु भयो । त्यसपछि नायकले आफ्नी लेडी लवलाई करिब तीन पटक प्रपोज गरे,  तर उनले ‘नो’ भन्ने जवाफ मात्रै पाइन् । अन्त्यमा एकपटक पेरिसमा बिदा मनाउने बेला सैफले पुनः करिनालाई प्रपोज गरे र त्यहाँ भने करिनाले सकारात्मक जवाफ दिन ढिला गरिनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप