बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै, अधिकांश लक्ष्यहरु यथावत
मङ्गलबार, २७ माघ २०७७, ०९ : २६
काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् ।
अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन घोषणा गरेको छ । चुनावी बजेट खर्चसमेत अहिलकै बजेट भित्रबाट व्यवस्थापन गर्नेगरी समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
अघिल्ला वर्षजस्तै यो वर्ष पनि पुँजीगत खर्चको अवस्था ज्यादै नाजुक देखिएको छ । ६ महिनासम्म बजेट खर्च ३० प्रतिशतभन्दा कम छ । पुँजीगत खर्च र वित्तीय व्यवस्थाका लागि छुट्याइएको खर्च १५ प्रतिशत पनि हुन नसकेको अवस्थामा यसलाई बढाउने चुनौती मन्त्रालयले देखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण