बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सैफ अली अघि सनी देओललाई डेट गर्थिन् अमृता सिंह, नायकको वास्तविकता थाहा पाएर तोडेकी थिइन् सम्बन्ध

मङ्गलबार, २७ माघ २०७७, १४ : ४०
मङ्गलबार, २७ माघ २०७७

बलिउडकी चर्चित अभिनेत्रीसमेत रहेकी अमृता सिंहको ९ फेब्रुअरी (आज) जन्मदिन हो । सैफ अली खानकी पूर्व श्रीमती तथा बलिउड अभिनेत्री अमृता सिंहको ६२ वर्षको जीवनमा थुप्रै उतारचढाव आयो तर सैफ अली खानसँग विवाह र सनी देओलसँगको अफेयर अत्यधिक चर्चामा रह्यो । सैफसँग विवाह अघि अमृताको जीवनमा को थिए भन्ने बारे कुरा गरौं । 

वास्तवमा सैफ र अमृताको विवाह सन् १९९१ मा भएको थियो । तर स्मरण रहोस्, यसअघि उनी सनी देओलको प्रेममा थिइन् । सनीसँग उनको भेट सन् १९८३ मा आएको फिल्म ‘बेताब’ को सुटिङको क्रममा भएको थियो । यतिबेला उनीहरुको अफेयरको कुरा सार्वजनिक भएको थियो । तर सनी पहिलादेखि नै विवाहित थिए । यो कुरा गोप्य राखियो किनभने उनका पिता धर्मेन्द्र चाहँदैनथे कि फिल्म रिलिज हुनु अघि यो सार्वजनिक होस् । 

तर हरेक जमानामा मिडियासँग कुरा लुक्न सकेको छैन । सनी विवाहित भएको कुरा तीब्र रुपमा फैलिन थाल्यो । तर सनीले विवाहको कुरा मान्न अस्विकार गरे । किनभने सनीको बलिउड करियर र रोमान्टिक इमेजमा नकारात्मक असर पर्न सक्थ्यो । त्यसैले यो कुरा उनीहरुले दबाएर राखेका थिए । 

यस्तै सनीकी श्रीमती पूजासँग उनको विवाह एक व्यापारिक डिल अनुरुप भएको थियो । पूजा त्यतिबेला लण्डनमा बसिरहेकी थिइन् । मिडियामा खबर फैलने डरले सनी लुकीलुकी उनलाई भेट्न लण्डन जाने गर्दथे । सनीकी आमा प्रकाश कौरलाई सनी र अमृता बीचको सम्बन्धविरुद्ध थिइन् किनभने उनलाई थाहा थियो कि उनका छोरा विवाहित हुन् । अर्कोतर्फ अमृताकी आमा रुख्साना सुल्तानालाई पहिला नै यो सम्बन्ध मञ्जुर थिएन । 

एकदिन जब अमृतालाई सनी देओलको वास्तविकताबारे थाहा भयो तब उनलाई आघात पुग्यो । त्यति नै बेला अमृताले सनीलाई छोडिदिइन् । त्यसपछि उनको जीवनमा अरु मानिसहरु पनि आए । केही दिन उनको नाम क्रिकेटर रवि शास्त्रीसँग पनि जोडियो जो अब भारतीय क्रिकेट टिमका कोच हुन् । 

त्यसपछि अमृताको जीवनमा एक यस्ता व्यक्तिको प्रवेश भयो जसले उनको जीवन नै परिवर्तन गरिदियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप