ऋतिक कंगनाबिच आएका थिए रणबीर कपूर, लिक मेलबाट खुलासा !
ऋतिक रोशन र कंगना रनौतको विवादमा एक नयाँ मोड आएको छ । सन् २०१४ मा कंगनाले जुन इमेल ऋतिकलाई लेखेका थिए तीमध्ये केही लिक भएका छन् । यसमा कंगनाले रणबीर कपूरको पनि कुरा गरेका थिए । यसमा उनले दीपिका पादुकोणलाई ‘मिनिङलेस’ पनि भनेकी थिइन् । पछिल्लो वर्ष कट्रिनासँग ब्रेकअपपछि रणबीर र कंगनाको सम्बन्धबारे पनि चर्चा चलेको थियो ।
रिपोर्टका अनुसार एक मेलमा कंगनाले ऋतिकलाई लेखेकी छिन्, ‘रणबीरले क्विन अघि मलाई कहिले पनि वास्ता गरेका थिएनन् । थुप्रै पटक मलाई उनी भाइजस्तो लाग्न थालेको थियो । तर जब उनले क्विनको फुटेज अफिसमा देखे तब उनले मलाई बीबीएममा अप्रोच गरे । उनले भिडियो र अन्य कुरामा फंकी लाइन बोल्न सुरु गरेका थिए ।’
रणबीरको कुरा उठाउँदै कंगनाले लेखिन्, ‘जब म ग्वालियरमा रिभोल्भरको सुटिङ गरिरहेकी थिएँ तब उनले मलाई सिधा अप्रोच गरे । मैले उनलाई आफू अरु कसैसँगको सम्बन्धमा भएको बताएँ । त्यसपछि हाम्रो केही दिनसम्म कुरा भएन । त्यसपछि जब म न्यूयोर्कमा थिएँ तब उनले मलाई मेसेज गरेर सोधे – कस्तो छ एनवाईसी ? त्यतिबेला मैले ‘के तपाईं शारिरिक सम्बन्धका लागि ममाथि आकर्षित हुनुभएको हो ?’ भनी सोधें र उनले भने, ‘साधारण सम्बन्ध किन होइन ?’ मैले उनलाई अस्विकार गरिदिएँ किनभने म कोही अन्य व्यक्तिसँगको सम्बन्धमा थिएँ । त्यतिबेला उनीसँग कुरा गर्नु गलत लागेको थियो मलाई ।’
एक मेलमा कंगनाले ऋतिकलाई उनको इन्बक्स चेक गर्न अस्विकार गर्दै लेखेकी छिन्, ‘यसले तपाईंलाई ट्रमा र कन्फ्युजन हुनेछ किनभने तपाईंले कहिले पनि पूरा कहानीबारे थाहा हुँदैन र टुक्रा कुरामात्र तपाईंसम्म आइपुग्नेछन् । यसले तपाईंलाई अँध्यारोमा राख्नेछ जसका कारण तपाईं गलत कुुरा सोच्न थाल्नुहुनेछ तर डेट गर्नुभन्दा पहिले तपाईं कृपया यी सबै कुरा गर्नबाट बच्नुहोस् । मलाई विश्वास छ कि तपाईंले यस्तो गर्नुहुन्न किनभने म आफ्नो सम्बन्धमा निकै स्पष्ट छु । तपाईंले यी सबै कुरा गर्न आवश्यक नै पर्दैन ।’
स्मरण रहोस्, सन् २०१६ मा कंगना र रणबीरको सम्बन्धबारे खबर सार्वजनिक भएको थियो । त्यतिबेला रणबीरको कट्रिनासँग ब्रेकअप भएको थियो तर रणबीरले भने यो खबरलाई अस्विकार गरेका छन् । उनीसँग जोडिएको सूत्रका अनुसार रणबीर आफैं पनि अचम्ममा छन् कि यस्तो खबर कसले फैलाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण