ऐश्वर्या राय, दीपिका पादुकोणदेखि प्रियंका चोपडासम्मः यी सेलिब्रिटीले चर्चा पाएपछि पुराना प्रेमीसँग भयो ब्रेकअप
बलिउड इन्डष्ट्रिमा कदम राखेपछि धेरैको जीवन पूर्ण रुपमा परिवर्तन हुनेगर्छ । यहाँ केही सेलिब्रिटी यस्ता पनि छन् जसले चर्चा पाएपछि आफ्नो जीवनशैलीमात्रै परिवर्तन भएन, उनीहरुका पुराना पार्टनर पनि परिवर्तन भए । आउनुहोस्, यीबारे जानकारी लिऔं ।
रणबीर कपुर–अवंतिका मलिकः
बलिउड इन्डष्ट्रिमा सन् २००७ को फिल्म सांवरियाबाट फिल्ममा कदम राखेका रणबीर कपुरले अवंतिका मलिकलाई डेट गरिसकेका छन् । एकातिर बचना ऐ हसिनों फिल्मपछि रणबीरले दीपिका पादुकोणलाई डेट गर्न सुरु गरे भने अवंतिका मलिकले सन् २०११ मा आमिर खानका भाञ्जा तथा नायक इमरान खानसँग विवाह गरिन् । इमरान र अवंतिकाका एक छोरी पनि छन् । यता रणबीर हाल आलिया भट्टसँग प्रेममा छन् । दुबैको चाँडै नै विवाह हुन लागेको चर्चा यत्रतत्र छ ।
दीपिका पादुकोण–निहार पाण्ड्याः
ओम शान्ति ओमबाट बलिउड डेब्यू गर्ने दीपिका पादुकोण बलिउडमा आउनुअघि मोडल तथा नायक निहार पाण्ड्यासँगको सम्बन्धमा थिइन् । दीपिका र निहारको भेट मुम्बईको एक्टिङ स्कूलमा भएको थियो, त्यसपछि यी दुई हिमेश रेशमियाको म्युजिक एल्बम आपका सुरुरमा सँगै देखिएका थिए । यी दुईको तीन वर्षसम्म प्रेम सम्बन्ध चल्यो । केही मिडियालाई विश्वास गर्ने हो भने यी दुई लिभ इनमा पनि बसेका थिए । हाल दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरिसकेकी छिन्, यस्तै अर्कोतिर निहार पाण्ड्याले सन् २०१९ मा गायिका नीति मोहनसँग विवाह गरेका छन् ।
अनुष्का शर्मा–जोहेब यूसुफः
रब ने बना दी जोडीबाट शाहरुख खानसँग धमाकेदार डेब्यू गर्ने अनुष्का शर्मा आफ्नो मोडलिङको दिनमा मोडल जोहेब यूसुफलाई डेट गरिसकेकी छिन् । यी दुईको भेट मोडलिङका बेला बेंगलुरुमा भएको थियो र यहाँबाटै उनीहरुको सम्बन्ध सुरु भयो । यी दुईले लगभग दुई वर्षसम्म एकअर्कालाई डेट गरे । यद्यपि, अनुष्का स्टार बनेपछि यी दुई अलग्गिएका थिए । अनुष्काले सन् २०१७ मा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी थिइन् । हालै अनुष्का एक छोरीकी आमा बनेकी छिन् ।
ऐश्वर्या राय बच्चन–राजीव मूलचन्दानीः
मिस वर्ल्ड भइसकेकी ऐश्वर्या राय आफ्नो मोडलिङ करियरका बेला चर्चित मोडल राजिव मूलचन्दानीलाई डेट गरिसकेकी छिन् । यी दुईले आफ्नो मोडलिङ करियरको सुरुवात सँगै गरेका थिए । ऐश्वर्याको बलिउड डेब्यूपछि यी दुई टाढिएका थिए । राजिवले ऐश्वर्याबाहेक नायिका मनिषा कोइरालालाई पनि डेट गरिसकेको बताइन्छ । यसैकारण यी दुई नायिकाबीच कहिल्यै कुरा बन्न नसकेको बताइन्छ । बलिउडमा आएपछि ऐश्वर्याको नाम सलमान खानसँग जोडियो र राजिव उनीसँग टाढा भए । हाल ऐश्वर्या अभिषेक बच्चनसँग आफ्नो पारिवारिक जीवन रमाइलोसँग व्यतित गरिरहेकी छिन् ।
अर्जुन कपुर–अर्पिता खानः
बलिउड नायक अर्जुन कपुर आजकाल मलाइका अरोडासँग सम्बन्धका कारण चर्चामा छन् । उद्यपि, एक समय यस्तो थियो कि अर्जुन मलाइकाकी नन्द अर्पिता खानसँग दुई वर्षसम्म सम्बन्धमा रहेका थिए । त्यतिबेला अर्जुन १८ वर्षका थिए र उनको तौल १४० किलो थियो । अर्पितासँग ब्रेकअपपछि अर्जुनले आफ्नो शरीर परिवर्तन गरे र बलिउड इन्डष्ट्रिमा कदम राखेका थिए । एक अन्तरवार्तका बेला अर्जुनले अर्पितालाई आफ्नो पहिलो सिरियस रिलेशन बताएका थिए । हाल अर्पिता आयुष शर्मासँग आफ्नो फ्यामिली लाइफ व्यतित गरिरहेकी छिन् ।
आलिया भट्ट–अली दादरकरः
आजकाल रणबीर कपुरसँग नजिकिएका कारण चर्चामा रहेकी आलिया भट्ट इन्डष्ट्रिमा आउनुअघि अली दादरकरसँग सम्बन्धमा रहेकी छिन् । अली, आलियाका स्कूल पार्टनर थिए । सन् २०१२ मा स्टूडेन्ड अफ द इयरबाट बलिउड डेब्यू गरेपछि नायिकाको नाम सिद्धार्थ मल्होत्रासँग पनि जोडिएको थियो ।
सोनाक्षी सिन्हा, आदित्य श्रोफः
दबंगबाट बलिउडमा डेब्यू गरपछि सोनाक्षी सिन्हा आदित्य श्रोफसँग सम्बन्धमा थिइन् । आदित्य फेम एडलेब्सका म्यानेजिङ डायरेक्टरका छोरा हुन् । यी दुई दुई वर्षसम्म सम्बन्धमा रहेका थिए । यद्यपि, केही झगडापछि उनीहरुको ब्रेकअप भएको थियो । यता सोनाक्षी आफ्नो बलिउड करियर बनाइरहेकी छिन् भने आदित्यले टिभी नायिका मेघा गुप्तासँग विवाह गरिसका छन् ।
प्रियंका चोपडा–असीम मर्चेन्टः
आफ्नो मोडलिङ करियरका बेला प्रियंका चोपडा मोडल असिम मर्चेन्टसँग सम्बन्धमा थिइन् । तर इन्डष्ट्रिमा आएपछि प्रियंका असिमसँग टाढा भएकी थिइन् । असिम प्रियंकाको जीवनमा एउटा फिल्म पनि बनाउन चाहन्थे । यद्यपि, यसको घोषणा भएपछि प्रियंकाले उनलाई लिगल नोटिस पठाएका थिए । हाल प्रियंका निक जोनससँग आफ्नो जीवनमा रमाइरहेकी छिन् ।
कंगना रनोट–अध्ययन सुमनः
आफ्नो करियरको सुरुवाती समयमा कंगना रनोट शेखर सुमनका छोरा अध्ययन सुमनसँग सम्बन्धमा थिइन् । यी दुईको सम्बन्ध सुरु हुँदा अध्ययन बलिउडबाट टाढा थिए । पछि उनले सन् २००८ को फिल्म हाल–ए–दिलबाट बलिउड डेब्यू गरेका थिए । कंगनाले बिस्तारै इन्डष्ट्रिमा सफलता हासिल गरिन् र अध्ययनबाट किनारा लाग्दै गइन् । ब्रेकअपपछि अध्ययनले एक अन्तरवार्तामा कंगनाले इन्डष्ट्रिमा सम्पर्क बनाउनका लागि उनको प्रयोग गरेको बताएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण