शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लोकप्रिय बन्यो शिखरको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

बिहीबार, २९ माघ २०७७, १९ : ०७
बिहीबार, २९ माघ २०७७

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ । 

विश्वनै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो । 

बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । 

यो बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बीमालेखको बीमा अवधि व्यापक सवारी साधन बीमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्ष भन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बीमा पोलिसी खरीद गर्न सकिन्छ । 

जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नु पर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनस्र्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ । 

यसैगरी, यो पोलिसीमा बीमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्च समेत पाउनेछन् । जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिन सम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ ।  यद्यपि, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ । 

‘अटो प्लस’ बीमालेखमा बीमितले प्रत्येक लाभका लागि ० दशमलव १० प्रतिशतदेखि ० दशमलव ५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्छ । 

‘अटो प्लस’ मात्र नभई बिगत १७ वर्षदेखि निर्जीवन बीमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बीमा पोलिसीहरु भित्र्याउने गरेको छ । अटो प्लस बीमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बीमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप