क्लोपले भने– ‘लिभरपुलको उपाधि रक्षा अभियान सकियो’
एजेन्सी । लिभरपुलको उपाधि रक्षा अभियान सकिएको प्रशिक्षक योर्गान क्लोपले बताएका छन् । लेइस्टर सिटीसँग ३–१ ले पराजित भएपछि क्लोपले यस्तो प्रतिक्रिया दिएका हुन् । खेल सकिन १२ मिनेट बाँकी छँदासम्म १–० ले अघि रहेको लिभरपुल त्यसपछि आफ्नै गल्तीका कारण तीन गोल व्यहोर्न बाध्य भएको थियो ।
यस हारसँग लिभरपुल इङ्लिस प्रिमियर लिगमा २४ खेलबाट ४० अंकमा सिमित हुँदै चौथो स्थानमा छ । जबकी, एक खेल कम खेलेको म्यानचेस्टर सिटी ५३ अंकसहित शीर्ष स्थानमा छ । पछिल्ला ७ खेलमा लिभरपुलको यो पाँचौ हार हो । ‘मलाई लाग्दैन हामीले खाड चिर्न सक्छौं । हामी उपाधिको चिन्ता गरिरहेका छैनौं । हामी सिल्ली छैनौं’ क्लोपले भने ।
गत सिजन २४ खेल खेल्दासम्म लिभरपुलले अहिलेभन्दा २४ अंक बढी जोडेको थियो । तर, यसपटक प्रमुख खेलाडीहरु घाइते भएपछि लिभरपुल एकाएक कमजोर बन्यो । गत अक्टुबरमा सेन्ट्रल डिफेन्डर भिर्गिल भान डिक घाइते भए । त्यसयता, जो गोमेज र जोइल माटिप पनि घाइते छन् । लिभरपुलले गत जनवरीमा दुई डिफेन्डरलाई क्लबमा भित्र्याएको थियो ।
साल्केबाट ऋणमा आएका ओजान कावाकले शनिबारकै खेलमार्फत डेब्यु गरे । यद्यपि, नतिजा लिभरपुलको पक्षमा आएन । ‘हामीले गल्तीहरुलाई रोक्नुपर्छ । आज हामीले त्यस्तो गर्न सकेनौं । यसबाहेक समग्रमा भने खेल राम्रै थियो । पहिलो कुरा हामीले फेरि राम्रो प्रदर्शन गर्न जरुरी छ, नतिजाहरु मुख्यत प्रदर्शनसँगै सम्बन्धि छन्’ क्लोपले भने । क्लोपको प्रशिक्षणमा गत सिजन ३ दशकपछि पहिलोपटक लिभरपुलले लिग उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
-
गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण