बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

यसरी सक्रिय थिए प्राधिकरणका सिइओ पोखरेल पार्टी गतिविधिमा (फोटो)

शुक्रबार, २० असोज २०७४, १० : ५६
शुक्रबार, २० असोज २०७४

प्यूठान– राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलले राजनीतिक गतिबिधि गरेपछि निर्वाचन आयोगले बिहिबार २४ घण्टे स्पष्टिकरण सोधेको छ । 
चाडपर्वका बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्ला पुगि नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्त, इष्टमित्र भेट्ने बाहानबाजी बनाएर पोख्रेल पार्टीका कार्यक्रममा सक्रिय भएपछि उनमाथी सवैले खवरदारी गरेका हुन् ।
पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको प्राधिकरणको प्रमुख पदमा बसेर पीडितको सेवा गर्नुको साटो पोख्रेल सरकारकै सवारीसाधन दुरुपयोग गरेर पार्टीको गतिविधिमा सक्रिय भएपछि उनको व्यवहारप्रति आलोचना भएको हो । जिल्लादेखि केन्द्रसम्म पोखरेलको चर्को आलोचना भयो । अन्ततः निर्वाचन आयोगको विहिवार नै बसेको बैठकले उनलाई तत्कालै प्यूठान छाडेर काममा फर्कन निर्देशन दियो । पोख्रेललाई २४ घण्टाभित्र लिखित जवाफ दिनसमेत आयोगले निर्देशन दिएको छ । 
नेपाली कांग्रेस प्यूठानले सिइओ पोख्रेल दशैँमा आफन्त भेट्न आएको भनेर विज्ञप्ती निकालेपनि उनी पार्टीको प्रचारप्रसारमा लागेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जाल(फेसबुक)मा उनै पोख्रेलले कांग्रेसका नेता, कार्यकर्ताहरुसँगको भेटघाट, छलफलमा खिचेका फोटाहरु पोष्ट गरेका छन् । उनका फोटोहरु देख्दा लाग्छ, यतिबेला भूकम्पपीडितहरुले उनलाई गिज्जाईरहेका होलान् । 
पोख्रेलको कामकारवाहीप्रति आपत्ती जनाउँदै प्यूठानमा क्रियाशिल चार दलहरुले समेत विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ती जारी भएको केही समयभित्र नै निर्वाचन आयोगले उनलाई गरेको कारवाहीको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र काटेर तत्कालै जिल्ला छाड्न सहयोग गर्न लिखित निदर््ेशन दिएको थियो ।
डा.पोख्रेल कांग्रेस प्यूठानका विभिन्न कार्यक्रममा सहभागी भएका तस्वीरहरुहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप