३ अर्ब ९६ करोड पर्ने यो कचौरा, थाहा पाउनुस् किन यति महँगो
बीबीसी
तपाईं सोध्न सक्नुहुन्छ, यो कचौरामा अखिर त्यस्ता के विशेषता छन् जसले यसलाई अर्बौंको मूल्यवान् बनायो । चीनियाँ माटोबाट बनेको यो कचौरा हजार वर्ष पुरानो हो ।
चीनको सांग राजवंशको पालाको यो कचौरा हंगकंगमा मंगलबार रेकर्ड तोड्ने मूल्यमा लिलाम भयो ।
खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन डलर (३ अर्ब ९६ करोड रुपैयाँ) को बोली लगाए ।
खरिद गर्ने व्यक्तिले आफ्नो पहिचान नखुलाउने विकल्प चुनेका छन् ।
अक्शन हाउस सोथबेका अनुसार उक्त दुर्लभ चीनियाँ कचौरा २० मिनेटको बोलीमा नै बिक्री भएको हो । केहीले फोनमार्फत बोली लगाए भने धेरैजसो बोली लगाउने अक्शन हाउसमा नै उपस्थित थिए ।
अक्शन हाउसः
उक्त सानो कचौराको आकार १३ सेन्टिमिटर छ जुन निलो–हरियो रंगको छ । कचौराको महत्वको अन्दाज यसबाट लगाउन सकिन्छ कि यसको सुरुवात १०.२ मिलियन डलरबाट बोली सुरु भयो ।
लिलामी जित्ने व्यक्ति अक्शन रुममा उपस्थित थिएनन् । उनले फोनमार्फत बोली लगाएका हुन् ।
अक्शन हाउस सोथबेमा चीनियाँ कलाकृतिहरुका प्रमुख निकालस काउले उक्त कचौरालाई असाधारण र दुर्लभ बताएका छन् ।
यसअघि सन् २०१४ मा चीनकै मिंग राजवंशको पालाको एक रक्सीको प्याला ३६ मिलियन डलरमा बिक्रि भएको थियो । यसलाई व्यवसायी ली यिकियानले खरिद गरेका थिए ।
चीनको सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका ली यिकियान कुनै बेला ट्याक्सी चलाउने गर्दथे भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण